अमेरिका-आक्रमणकारीको पहिचान ४० वर्षको रोबर्ट कार्डको रुपमा प्रहरीले गरेको छ ।
लुईस्टन प्रहरीको बुलेटिनमा बताएका अनुसार बन्दुकधारी रोबर्ड कार्ड मेन राज्यको अमेरिकी सेना प्रशिक्षण केन्द्रमा हतियार प्रशिक्षकको रुपमा उनलाई प्रशिक्षित गराइएको थियो । गएको समरमा उनलाई दुई साता मानसिक स्वास्थय सुविधा प्रदान गरेको बताइन्छ । तर उनको उपचारको अवस्थाको बारेमा भने केही खुलाइएको छैन ।
उनको जन्म मेन राज्यको बोडोइनमा भएको रेकर्डमा देखिन्छ । उनको जन्म मिति १९८३ साल अप्रिल चार रहेको छ । घटना पछि उनी ८ माइल दुरीमा अन्तिम पटक देखिएको रेकर्ड छ । उनको रेकर्ड भएको फोन नम्बर अहिले सर्भिसमा नरहेको एशोसिएस प्रेसले जनाएको छ ।
उनले हालै मात्रै आफनो जागीर गुमाएको बताइन्छ । उनले युनिभर्सिटी अफ मेनबाट २००१ देखि २००४ सम्म इन्जिनियरिंग अध्ययन गरेको देखिन्छ । तर उनी ग्रयाजुवेट भए नभएको बारेमा खुलेको छैन ।

अहिले लुइस्टन पुलिसले रोबर्टको खोजी तिव्र पारेको छ । उनी सवार कार भने प्रहरीले फेला पारकेो छ ।
उनी फरार छन् । लुईस्टन पुलिसले आफनो फेसबुक पेजमा उनले गोलबारी गरेको र उनी खतरनाक भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि राज्य गर्भनर संग कुराकानी गरेका छन् र हरसंभव सहयोगका लागी आश्वासन दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected