चिन्न गाह्रो रै‘छ
मान्छेको गति अनि मति
गर्न नहुने रै“छ
जो पायो त्यहि संग संगती
हिजो उ सोझो लाग्थ्यो
आज बाङ्गो देखियो
हिजो हेर्दा ज्ञानी लाग्थ्यो
आज महाछट्टु रै‘ छ भन्ने बुझियो
जानेका हुँदारै‘छन्
अनेक शीप र कला
काटिदिनेरै‘छन
सुम्सुम्याउँदै गाला
बुझियो जसको जति चेतना छ
उसले त्यहि गर्ने हो
अरुको के गुनासो गर्नु
आफ्नो चेतनाको स्तर उकास्ने हो
–
डालस, टेक्सास
अक्टोबर २७, २०२३
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...