चिन्न गाह्रो रै‘छ

मान्छेको गति अनि मति

गर्न नहुने रै“छ

जो पायो त्यहि संग संगती

 

हिजो उ सोझो लाग्थ्यो

आज बाङ्गो देखियो

हिजो  हेर्दा  ज्ञानी लाग्थ्यो

आज महाछट्टु रै‘ छ भन्ने बुझियो

 

जानेका हुँदारै‘छन्

अनेक शीप र कला

काटिदिनेरै‘छन

सुम्सुम्याउँदै गाला

 

बुझियो जसको जति चेतना छ

उसले त्यहि गर्ने हो

अरुको के गुनासो गर्नु

आफ्नो चेतनाको स्तर उकास्ने हो

 

–

डालस, टेक्सास

अक्टोबर २७, २०२३

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected