अमेरिका-अमेरिका अमेरिकोको मिजोरी राज्यकामा एक जना २० वर्षिया भारतीय छात्रमाथि भएको यो भयानक यातना बाहिर आएको छ ।
झन्डै सात महिना सम्म एउटा अधेरो कोठामा बन्धक बनाएर बिजुलीको तार, , लठ्डी, रड र पाइपले पिटेर यातना दिदै राखिएको थियो । यतिसम्म की बाथरुम जान समेत उनलाई रोक लगाइएको थियो । अमेरिकी प्रहरीले भारतीय छात्रलाई त्यो चुंगलबाट बचाएको छ ।
अज्ञात व्यक्तिले दिएको जानकारीका आधारमा प्रहरीले चाल्र्स काउन्टीको एउटा घरमा बन्धक बनाएको अवस्था ति छात्रको उद्धार गरेको छ । उद्धार गरिएका छात्रको शरीरको केही भागको हड्डी भाचिएको छ भने शरीरभरि निलडाम र घाउ रहेको छ । उनलाई उपचारका लागी अस्पताल भर्ना गरिएको छ । बन्धक बनाइएका मध्ये एक जना बन्धक बनाइएका छात्रकै नाताले दाई रहेका छन् । प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । उनिहरुलाई शरीर बन्धक, अपहरण, र कुटपीटको अभियोगमा मुद्धा चलाउदै काउन्टी जेलमा राखिएको छ । उनिहरुले के कारणले यस्तो गरे भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।प्रहरीले ति २० वर्षिय छात्रको नाम भने सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार ति पीडित छात्रलाई आरोपी मध्येका एक जनाले गएको अप्रिलमा आफनो घरमा ल्याएर बिहान ४ बजे उठाएर सबै काम गर्न लगाइने गरेको बताइन्छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected