न्युयेार्क-न्युयोर्कको क्विन्समा आइतबार बिहानै एक व्यक्तिले छुरा आक्रमण गरेर दुई
बालबालिका सहित आफना ४ जना आफन्तको हत्या गरेका छ्न । हत्या गरिएका बालबालिका ११ र १२ वर्षका रहेका छन् । बाकी दुई जनामा ४४ वर्षिय पुरुष र ३० वर्षकी महिला रहेकी छिन् ।
न्युयोर्क सिटी प्रहरीका अनुसार आक्रमणकारीले ६१ वर्षिया महिला माथि समेत छुरा आक्रमण गरेको बताइन्छ । ति महिलाको अवस्था गंभीर रहेको छ । मृतकहरुको शब प्रहरीले तीन जनाको घरको बेडरुममा भेटेको थियो भने ११ वर्षिया बालिकाको शब घर नजिकै फेला पारेको थियो । आक्रमणकारीले घटनापछि घरको सोफामा आगजनी गरेपछि प्रहरीलाई प्रवेशमा समस्या भएको थियो । दमकलले आगो निभाएपछि प्रहरी प्रवेश गरेको थियो ।

न्युयोर्कको क्विन्स नेपाली समुदायको बाक्लो बसोबास भएको ठाउ हो । आक्रमणकारील्े प्रहरी माथि समेत आक्रमण गर्दा दुई प्रहरी अधिकारी घाइते हुन पुगेका छन् आक्रमणकारी ३८ वषिय प्रहरी कार्वाहीमा मारिएका छन् ।
प्रहरीका अनुसार एक जना युवतिले प्रहरीलाई फोन गरेर घटना बारे जानकारी गराएकी थिइन । ति आक्रमणकारी ति युवतिकै नजिकैका नाताले दाजु हुन । घटना घरेलु हिंसा संग सम्बन्धीत भएको बताइन्छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected