अमेरिका-अमेरिकातिर यो फललाई अग्रेजीमा क्यान्टलप भन्ने गर्छ । तर नेपालीलाई ट्रान्सलेट गर्दा खरबुजो भेटे । अर्को नाम भए भन्नु होला है
यो क्यान्टलप फल प्रिकट गरेर अमेरिकामा मार्केटमा विक्री हुदै आएको यो फल नखान अमेरिकाको स्वास्थय विभागले सबैलाई सचेत गराएको छ ।

यदि यसको स्रोत अज्ञात छ भने प्रिकट गरिएको क्यान्टलप नखान अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले समेत सचेत गराएको हो । यो अघिल्लो शुक्रबार अमेरिकाको स्वास्थय विभागले सर्कुलर जारी गरेको थियो । धेरै बिरामी र केहीको मुत्यु समेत भएछि विभागले अमेरिकीहरुलाई सचेत गराएको हो । यो खाएको ६ घन्टा देखि ६ दिन भित्रमा मान्छेमा डाइरिया, ज्वरो र पेट दुख्ने समस्या देखापरेको छ । जसलाई साल्मोनेला ब्याकेटरिया भनिएको छ । विशेष गरि बालबालिकाहरु र ६५ वर्ष माथिका कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई यसको ब्याकेटरियाबाट गंभीर रोग लाग्न सक्ने बताइएको छ र अस्पताल भर्ना हुनुपर्ने अवस्था आउछ
खास गरि क्रोगर स्प्राउटस, क्युक ट्रिप, फार्मस मार्केट अल्डी लगायतका पसलहरु यो संगै मिसाएर अरु पनि प्रिकट गरिएका फलफुल बेचिने गरेको छ । यसरी केन्टलप सहित मिसाएर प्रिकट गरिएको फलफुल यदि तपाईहरुलाई ब्रान्ड राम्रो संग थाहा छैन भने नखानु होला ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीका अनुसार प्रिकट गरेर राखिएको केन्टलप खादा अमेरिकाका ३४ राज्यमा ११७ जना मानिसहरु बिरामी भएका छन भने ६१ अस्पताल भर्ना र दुई जनाको मुत्यु भएको छ । क्यानडामा पनि ६३ जना प्रभावित हुनुका साथै १७ जना अस्प्ताल भर्ना र एकको मुत्यु भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected