भर्जिनियामा सन्दिग्ध पक्राउ गर्न प्रहरी घर पुग्दा ठूलेा विष्फेाट

अमेरिका-भर्जिनिया राज्यको आर्लिगटनमा प्रहरीले जब एक सन्दिग्धलाई पक्राउ गर्न घरमा पुगेका थिए तब त्यो घरमा भयानक विष्फोट हुन पुग्यो । प्रहरीले ति अभियुक्तलाई पक्राउ गर्न त्यहा घर पुगेको थियो । घटना हिजो सोमबबार राती भएको घटना हो ।
ति अभियुक्तले घर भिबबाट प्रहरीलाई गन फायर गरेका थिए र त्यसपछि घर भित्र ठुलो धमाका सहित विष्फोटन भयो र छिमेकीहरुलाई भागभाग बनाएको थियो । घरको आगो राती १०। ३० बजे नियन्त्रणमा ल्याएको थियो । समाचार अनुसार ति अभियुक्तले ३० देखि ४० पटक छिमेक तिर फायरिंग गरेको बतायन्छ ।
छिमेकीहरुलाई अन्यत्र सर्न भनिएको छ । यो विष्फोटन भएको घटनाको भिडियो समेत बाहिर आएको छ । प्रहरीले विष्फोटनको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । घर भित्र रहेका सन्दिगधको अवस्था के भयो भन्न्ने बारेमा खुलेको छैन ।
सम्बन्धित खवर
-
ड्यालस (टेक्सस) — नेपाली ...
-
शिव शर्मा टेक्सस-अमेरिकाकेा ...