अमेरिका-लस भेगासको नेभडा विश्वविद्यालय परिसरमा भएको बन्दुक हमलाको घटनाका शुटरको पहिचान भएको छ ।
युनिभर्सिटीमा प्रोफेसरको जागीर नपाएको सनकमा ६७ वर्षका पुर्व कलेज प्रोफेसर नै घटनाको सुटर रहेको प्रहरीले पृष्टि गरेको छ । उनले विश्वविद्यालयमा जागीरुका लागी आवेदन दिएक थिए विश्वविद्यालयले उनलाई जागीर दिन अस्विकार गरेको थियो । जागीर दिन अस्विकार गरेपछि उनले उनले त्यसकै रिसमा विश्वविद्यालयमा बन्दुक आक्रमणको घटना घटाएको पृष्टि भएको छ ।
यो घटनामा तीन जनाको ज्यान गएको थियो र एक जना गंभीर रुपमा घाइते भएका थिए । आक्रमणकारी ति पुर्व प्रोफेसर पनि प्रहरी कार्वाहीमा मारिएका थिए । प्रहरीले ति आक्रमणकारी प्रोफेसरको नाम सार्वजनिक गरेको छैन ।
समाचार रिपोर्टका अनुसार ति सन्दिगद प्रोफेसर यस अघि उत्तरी क्यारोलिना को इस्ट क्यारोलिना विश्वविद्यालयमा प्रोफेसरको रुपमा काम गर्थे । घटना भएको नेभडा विश्वविद्यालय अहिले केही दिनका लागी बन्द गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected