अमेरिका-विशेष गरि अमेरिकामा बस्नेतपाईहरु कतै यी देशहरुको यात्रा गदै हुनुहुन्छ भने अब सचेत रहनु होला । यी देशको यात्रा गदै नगर्नुहोला भुलेर पनि । अमेरिकी सरकारले यो सर्कुलर जारी गरेको छ
अमेरिकाको विदेश विभागले यी १४ वटा मुलुकहरुको यात्रामा प्रतिबन्ध लगाएको छ । यी देशहरुकोa यात्रा नगर्न अमेरिकीहरुलाई सजग गराएको छ । लेबल फोरको ट्राभल एडभाइजरी जारी गरिएको छ । यो लेभलको एडभाइजरी भनेको ति देशहरुमा सुरक्षाका कारण यात्रा गर्न नहुने रहेको छ।
अमेरिकाको विदेश विभागले यात्रामा प्रतिबन्ध लगाएका देशहरुमा अफगानिस्तान, बेलारुस, बर्मा, हाइटी , इरान इराक, लेबनान, लिबिया, माली नर्थ कोरिया, रसिया, सोमालिया साउथ सुडान, सिरिया, युक्रेन, भेनेजुएला यमन लगायतका देशहरु रहेका छन् ।
खास गरि आतंकवाद, सिविल वार, अपहरण, प्राकृतिक प्रकोप, लगायतको जोखिम रहेको भन्दै यी देशहरुको यात्रा नगर्न अमेरिकाले आफनो नागरिकलार्य सचेत गराएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected