अमेरिका-नेपाली चलचित्रकी अभिनेत्री थापा बच्चा जन्माउने योजना सहित अमेरिका आइपुगेकी छिन् ।
समाचार अनुसार उनी पति बलराम सहित बिहीबार अमेरिका आएको अनलाइन खबरले समाचारमा जनाएको छ ।
त्यसो त रेखाले अमेरिकाबाटै हिजो शुक्रबार आफनो पतिको जन्मदिनको फोटो समेत सामाजिक संजाललमा शेयर गरेकी छिन् ।
सामाचार स्रोतका अनुसा अमेरिकामा बेबी प्लान आफनो भन्दा पनि श्रीमानको चाहना भएको बताएकी थिइन । त्यसो त रेखाका श्रीमानको परिवार अमेरिकामा रहेका छन् ।
रेखा थापा अब ५ महिना अमेरिका बस्नेछिन् । चिकित्सकले रेखालाई माघ महिनामा डेलिभरी डेट दिएका छन् । रेखा आफनो सिनेमा उपहारको रिलिजको समयमा अमेरिकामै रहेन छिन् । उनले भच्युअल माध्यमबाट सिनेमाको प्रचार गर्नेछिन्
बच्चा जन्माउने संगै अमेरिका घुमघाम गर्ने रेखा थापाको योजना रहेको छ ।
स्मरण रहोस अमेरिकामा जन्मेको बच्चाले अमेरिकाको नागरिकता पाउने गर्छन । स्रोतका अनुसार त्यही कारण पनि रेखा र श्रीमान बच्चा जन्माउन अमेरिका आएको हुन सक्ने बताईएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected