अमेरिकामा यी १५ वर्षका किशोरलाई अदालतले सुनाएको अपराधको सजाय सुनेर तपाईलाई अचिम्मत बनाउन सक्छ । त्यो पनि उनले यो १५ वर्षको किशोर उमेरमा गरेको यो जघन्य अपराध र अदालतले दिएको सजाय सुनाएको हो । उनी १५ वर्षका इथान क्रम्बली रहेका छन् ।
दुई वर्ष अघि मिसिगनका यी किशोरर जसले आफु अध्ययनर अक्सोफोर्ड हाइस्कुलमा गएको नोभेम्बर ३० २०२१ मा आफनो पिताले किनेको अटोमेटिक सेमी हयान्ड गनले चार आफना सहपाठी साथीको हत्या गरेका थिए । केही शिक्षक र विद्यार्थी घटनामा घाइते भएका थिए ।
अदालतलका न्याधिसले यी किशोर पक्षका वकीलको पेरोल अनुरोधलाई समेत अस्वीकार गदै यो जघन्य अपराध भन्दै आजीवन काराबासको सजाय सुनाएको छ । घटना स्कुलमा अन्य विद्यार्थी माथि समेत भयावह बनाउने खालको भएपछि न्यायधिसले यो कठोर निर्णय लिएका हुन ।
उनका वकीलले सजाय कम गर्न नजिर पेश गरेका थिए । तर अदालतले अस्वीकार गरेको छ । संभवत अमेरिकामा त्यो पनि १५ वर्षको किशोरले गरेको अपराधमा यति ठुलो सजाय सुनाएको संभवत यो पहिलो घटना हुन सक्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected