अमेरिका-अमेरिकाको मेरिल्यान्डका एक अमेरिकी परिवारले वर्षो अघि एक जना नेपाली बालिकालाई बालकगृहबाट गोध लिएर धर्मपुत्री बनाएका थिए । तर जब अमेरिकाको स्टेट डिपार्टमेन्टले २०१० मा मानव बेचबिखनको चिन्तालाई उद्धत गदै नेपालबाट धर्मपुत्रीहरुलाई अमेरिका ल्याउन प्रतिबन्ध लगाएको थियो ।
यस्तै अमेरिकाको मेरिल्यान्ड राज्यको अरुन्डेल काउन्डीका एमा साल्का परिवारले आफनो १३ वर्षिया नेपाली धर्मपुत्री भाग्यलाई नेपालबाट अमेरिका ल्याउन अहिले ठुलो कानुनी लडाइ लडीरहेका छन् ।
केहीले धर्मपुत्रीको नाममा गलत तरिका अपनाएपछि यो परिवार त्यसको मारमा परेको छ । सन्तानमा नेपालमा फसेपछि र यता अमेरिका ल्याउन नपाएपछि यी अमेरिकी अमेरिकी परिवार पीडामा छन् । दुई बच्चालाई उनको परिवारले नेपाल गएर धर्मपुत्र र धर्मपुत्री बनाएका थिए । २०१० मा बेन नामकका बालकलाई उनिहरुले पहिलो सन्तानको रुपमा नेपाल गएर गोध लिएका थिए भने दोस्रो २०१५ मा बालिका भाग्यलाई लिएका थिए । उनिहरु नेपाल गएर उनिहरुलाई भेटदै आएका थिए । तर पछि उनिहरुलाई भेटन र नेपालमा यात्रा समेत प्रतिबन्ध लगाईएको थियो ।
मेरिल्यान्डको अरुन्डेल काउन्टीका एमा साल्का परिवारले १३ वर्षिया धर्मपुत्री नेपालमा फसीरहेको भन्दै अमेरिकी मिडियाहरुमा आसु बगाएका छन् । आठ वर्ष अघि यी अमेरिकी परिवारले ति नेपाली छोरी भाग्यलाई धर्मपुत्रीको रुपमा अपनाउन नेपालबाट कानुनी मान्यता पाएका थिए । उनले नेपालको बालगृहबाट आमाबाबुबिहिन बालिका भाग्यलाई गोध लिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected