अमेरिकाको टेनिसी राज्यमा शनिवार आएको भीषण आधीबाट कम्तिमा ६ जनाको ज्यान जानुका साथै दर्जनौ घाईते भएका छन् ।
न्यासभिलको उत्तरी भाग मोन्टगोमेरी काउन्टीमा आएको आधीको हाहाकारले घर, व्यवासी तथा प्रतिष्ठानहरुमा व्यपाक क्षति पुगेको छ । दुई दर्जन भन्दा बडी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । अझै धेरै हताहती भएको हुन सक्ने बताइएको छ । उक्त क्षेत्रमा सरकारले आपतकाल घोषणा गरेको छ । आधीमा बेपत्ता भएकाहरुको खोजी सरकारले जारी राखेको छ । टेनिसी राज्यमा शनिवार साझ आधीकै कारण ८५ हजार घरहरुमा बिजुली विच्छेद हुदा अन्धकार छाएको थियो । गाडीहरु राजमार्गमा पल्टिका थिए । आधीले रुखहरु ढल्नुका साथै बिजुलीका खम्बाहरु प्नि लडेका छन् ।
उक्त सहरका मेयरले कुनै आपतकालिन अवस्था भए ९११ म कल गर्न र सहायता माग्न आव्हान गरेका छन् ।
धनजनको क्षतीका अनुमान छैन र अझै पनि आधी प्रभावित क्षेत्रमा हराइरहेहरुको खोजी जारी रहेको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...