अमेरिका-नेपालको राजबिराजमा घर भई १०+२ पढ्दै गरेका सागर देवो लाई अचानक अमेरिका को डि. भि. लोटरी पर्‍यो र त्यसपछी उनी अमेरिका आए । कलिको उमेरमा आएका देवोले काम र पढाई साथ साथ गर्दै अमेरिकी जीवनको संघर्ष शुरु गरे । काम र पढाईलाई साथ साथै लिएर जाने क्रममा उनका नेपाली समुदायका व्यक्तिहरुसंग त्यती राम्रो परिचय, चिन्जान, र घनिष्टता हुन पाएन । अमेरिकामा उनका परिवारका अरु सदस्यहरु र नजिकैका इस्टमित्रहरु पनि कोही थिएनन । एक्लै संघर्ष गर्दै उनले ब्याच्लर अफ इङिनीरिङ्ग पनि पुरा गरे ।

आफ्नी आमा सँग सगैँ बस्ने इच्छा हुँदा हुँदै करिब ५ बर्ष जती पहिले उनकी आमा सुलोचना देवो नेपालमा अचनाक बिरामी पर्नु भयो । नेपाल कै एक प्राथमिक बिद्यालयका प्रधानाध्यापक बुवा महेन्द्र प्रसाद देवो ले जती कोशीश गर्दा पनि सागर की आमालाई बचाउन सक्नु भएन र अचनाक सागरकी आमा सुलोचना देवो स्वर्गवास हुनुभयो । यता अमेरिकामा छोरा सागर अनी उता नेपालमा बुवा महेन्द्र प्रसाद देवो एक्ला एक्लै हुन पुगे ।

सागरले एक टेक्निसियनको रुपमा काम गर्थे र महिनाको ७००० डलर कमाउन सक्ने भएका थिए । अमेरिकाको संस्कारमा नै घुलमुल हुन पुगेका देवोकी अमेरिकामा नै बस्ने मेक्सिकन मुलुककी महिला साथी थिईन । उनी ‘बलेको आगो सबैले ताप्छन’ भने जस्तै थिईन । सागरको स्वास्थ्य र कमाई राम्रो हुँदा सबै राम्रै चल्यो ।

आमा बिते पछी सागरलाई धेरै नै निराशा छायो । उनको मानसिक स्वास्थ्य क्रमश: खस्किदै गयो । बुवाआमाको अती नै नियाश्रो मान्ने सागरलाई साथ दिन र उनको स्वास्थ्य अवस्था नजिकबाट बुझ्न बुवा महेन्द्र प्रशाद देवो अमेरिका आउनु भयो र छोरासँग एक महिना जती संगै समय बिताउनु भयो । छोराको मानसिक स्वास्थ्य अमेरिकामा भन्दा नेपालमा नै राम्रो हुने देखी बुवाले सागरलाई वहाँ संगै नेपालमा जाउँ भन्नु भयो र सागर पनि बुवाको कुरामा सहमत भएर बुवा सँग नेपाल गए ।

नेपालमा बस्दा त्यहाको हावापनी र रहनसहनले सागरलाई धेरै नै राम्रो गरायो । उनले फेरी ताजा भएको महसुश गरे र बुवासँग आफ्नो ग्रीन कार्ड नविकरण गर्नको लागि औठाछाप दिनु पर्ने छ, औँठाछाप दिएर फर्कन्छु भने । बुवाले छोरालाई ‘भैगो भो अब नजाउ, नेपालमा नै बस’ भन्नु भयो । ग्रीनकार्डलाई नविकरण गर्ने सम्म प्रकृया पुरा गरेर फर्कन्छु भनेर सागर फेरी अमेरिका को लागि प्रस्थान गरे र आफु बस्दै गरेको ठाउँ क्यालिफोर्नियाको सान्टा रोजा, आईपुगे ।

सागरले पहिले उनलाई सुखको समयमा साथ दिने महिला साथीलाई संपर्क गर्न खोजे । उनले सागरको फोन उठाइनन । सागर उनले काम गर्ने ठाउँमा ढोका ढकढकाउन पुगे । अर्कै सँग नाता जोडेर बसेकी सागरकी महिला साथीले सागर कै बिरुद्धमा प्रहरीमा उजुरी गरिन । प्रहरीले सागरलाई ‘गैरकानुनी रुपमामा अर्कालाई पच्छ्याएको’ अभियोग लगायो र सागरलाई थुनामा राख्यो ।

सागरलाई कैदखानाको खाना कत्ती पनि मन परेन र हर पल आफ्नो बुवाले ‘भैगो भो अब नजाउ, नेपालमा नै बस’ भनेको मात्र याद आयो । आफ्नो भावनालाई पोख्न सागर कैदखानामा नै डाको छोडेर रुन थाले । उनी भावनामा डुबेर आँफैलाई सम्हाल्न नसक्ने अवस्थामा थिए । यस्तो अवस्थामा उनले अदालतले भने अनुसार चुप लाग्न र आफुलाई सम्हाल्न सकेनन । सरकारी वकिलको कार्यालयले सागरको बिरुद्धमा अदालतको मानहानी गरेको भन्ने अर्को मुद्धा पनि लगायो । सागरको रिहाईको को लागि २५०,००० धरौटी तोकियो । सागर र उनको परिवार उक्त रकम तिर्न सक्ने अवस्था नै थिएन ।

सागर भावनामा डुबेर रुने गरेको कारण कैदखानाको मानसिक चिकित्सकले उनलाई मानसिक समस्या रोग ठहर भएको विवरण बनाइदियो । त्यसको आधारमा अदालतले सागरलाई ‘कानुनी कार्वाहीलाई बुझ्न अयोग्य’ भनेर घोषणा गर्‍यो । र कानुनी प्रकृयालाई बुझ्न सक्ने हुन दुई बर्षसम्म मानसिक अस्पतालमा पनि रहन सक्ने निर्णय गर्‍यो ।

नेपाली मुलुककै वकिलको कार्यालय धर्म ल पि सि नामको कानुनी सेवा कार्यालयको करिब सात महिना सम्मको अथक प्रयास र कानुनी सेवा को परिणाम स्वारुप अन्त:त सागर ले सर्त सहितको रिहाई पाएर कैद बाट बाहिर आउन सफल त भएका छन तर सागरको डेराको सामानहरुको मुल्य भन्दा उनले बुझाउन पर्ने भाडा बढी बनेको छ । सागरको गाडीको मुल्य भन्दा उनको गाडी लगेर पार्क गरेर राखिएको ठाउँको बिल बढी भएको छ । सागरले मानसिक औषधी खानै पर्ने, र मानसिक डाक्टरलाई नियमित रुपमा देखाउनु पर्ने उनको रिहाहीको सर्त रहेको छ तर उनीसँग औषधी किन्न समेत पैसा छैन । सागर अहिले जेलबाट बाहिर आउन त सके तर उनको अवस्था एक घरबार बिहिन (होमलेस) को जस्तै छ ।

सागरको र उनको बुवाको पनि इच्छा छ कि उनी नेपाल जान पाउन र मानसिक बिमार नै रहेछ भने पनि नेपालमा नै उपचार गराउन पाउन । तर नेपाल जानको लागि पनि सागरले अझै पनि कानुनी लडाईहरु लड्नु पर्ने र मानसिक चिकित्सक नियुक्त गर्नु पर्ने भएको छ । यि सबै कुराहरुको लागि सागर र उसको बुवालाई ठुलो राशी खर्च हर्नु पर्ने हुन्छ जुन वहाँ हरुबाट जुटाउन सम्भव छैन । तसर्थ, यो समस्या भोली हरेक नेपाली को हुन सक्छ भन्ने कुरा मनमा राखी, सागरलाई आफ्नै भाई, दाई, छोरा, नाती सम्झी आ-आफ्नो ठाउँबाट सहयोग जुटाइदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुमा हार्दिक अनुरोध गर्दछौं ।

https://www.gofundme.com/f/sagar-need-help-to-pay-bills?utm_campaign=m_pd+share-sheet&utm_medium=social&utm_source=facebook

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected