टेक्सस-अमेरिकामा धेरै राज्यहरुमा अधिक चिसो र हिमपातको चेतावनी मौसम विभागले दिएको छ । यही भएर जताततै मौसम अलर्ट जारी गरिएको छ । कतै आधी र वर्षा त कतै हिउ र अधिक चिसो मौसम यो आउने साता अमेरिकाभर हुदैछ । चिसो र हिउले अमेरिकामा दक्षिण यात्राहरु बन्द हुने अनुमान छ ।
खास गरि टेक्सस, ओक्लोहोमा दक्षिण क्यान्ससबाट सुरु भएर चिसो र हिउ दक्षिण मिसौरी हुदै टेनसी लगायतका अमेरिकी राज्यहरुमा बिस्तार हुनेछ । टेक्ससमा आईबार बेलुका देखि सोमबार अधिक चिसो हुने अनुमान गरिएको छ । किनकी टेक्ससमा माइनसमा तापक्रम पुगेपछि चिसो संग हिमपातको पुर्व अनुमान छ । टेक्ससमा चिसो र हिउपात हुने भन्दै यतिबेला यहाको वालर्माट क्रोगर देखि अल्बाइटाइन श्याम्स क्लबमा सामान जगेडा राख्नका लागी मानिसहरुको भीड निकै देखिन्छ । शनिवार टेक्ससका अधिकांश मार्कैट सर्वसाधारणको भीड किनमेलका लागी बढेको छ ।
अमेरिकाको पुर्वी आधा जसो भागमा रकेर्ड तोडने आधी र चिसो हुने अनुमान गरिएको छ । शुक्रबार बेलुका सम्म अमेरिकामा झन्डै ४ लाख मानिसहरु बिजुली बिहिन बन्न पुगेका छन् भने पछिल्लो तथ्यांक अनुसार अमेरिकामा २ हजार भन्दा बढी हवाई उडान रद्ध भएका छन् । त्यस्तै २४ सय भन्दा बढी उडान डिले भएका छन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...