अमेरिका-खास गरि ठुलो हिउ आधी सहित चिसोका कारण अमेरिकाबाट उडान भर्ने र अमेरिका आइपुग्ने ७५६ भन्दा बढी हवाई उडानहरु आईतबार सम्म रद्ध भएका न्युजब्रेकले जनाएको छ
हिय आधी र चिसोले हवाई यात्रामा बाधा पुगेका कारण हवाई उडानहरु रद्ध गरिएको हो । आईबार बिहान फलाइट अवेयरको तथ्यांक अनुसार आईतबार बिहान ९ बजे सम्म ७५६ उडान रद्ध हुनुका साथै १०७४ उडानहरुमा ढिलाइ भएको छ । आईतबार डेनभर इन्टरनेशल एयरपोर्टबाट धेरै उडान रद्ध भएको रेकर्ड छ ।
जस अनुसार अमेरिकाबाट प्रस्थान गर्न लागेका ५९ उडान र आउन लागेका ८२ उडानहरु रोकिन पुगे ।
अमेरिकामा हवाई मात्र हैन स्थलमार्गबाट यात्रा गर्नेहरुलाई यो सातादेखि अवरोध गदै आएको थियो । कतिपय राज्यमा एक इन्च बढी हिउ परेको छ ।
९५ मिलियन अमेरिकीहरु हिम आधी र चिसोको मारमा पर्ने अनुमान मौसम विभागले गरेको छ ।
चिसो र हिमपातका कारण अमेरिकाा धेरै राज्यमा बिजुली बिहीन भएको र जनजीवन निकै कष्टकर भएको खबर हामीलाई प्राप्त भएको छ । कृपया चिसोबाट जोगिएर न्यानेा भएर बस्नु होला ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...