अमेरिकाको लस भेगासमा भइरहेकेा मिसेस वल्डमा नेपालकी पृथ्वीया भिडदै
अमेरिका-विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड यतिबेला अमेरिकाको लस भेगासमा भइरहेको छ ।
यही प्रतियोगितामा नेपालको प्रतिनिधित्व गदै मिसेस वल्र्ड नेपाल पृथ्वीया थापा सहभागी भएकी छिन् । उनी गएको शनिवार प्रतियोगितामा सहभागी हुन अमेरिका आएकी थिइन ।
आइतबार देखि सुरु भएको प्रतियोगिता शुक्रबार सम्म संचालन हुने छ । यो प्रतियोगितामा पृथ्वीया सहभागी हुनु यसअर्थमा विशेष रहेको छ की उनले उक्त प्रतियोतिगामा नेपालको भेषभुषा सस्कृतिक र नेपाली नारीको पहिचान भल्काउनेछिन् ।
उनले प्रतियोगितामा नेपालको हस्तकला सामग्री काठको डिजाइनभित्र सजाइएको सगरमाथा अंकीत तस्विरलाई प्रतियोगितामा प्रर्दशन गर्नेछिन् । उनको फेसन डिजाइन डिजाइनर बनिषा शर्माले तयार पारेकी हुन ।
यसका लागी भने उनलाई भोटिंगको आवश्यक छ । अमेरिका तथा देश विदेशमा रहेकाहरुले उनलाई भोट गरेर उत्कृष्ट १५ मा पार्नुहोला । त्यसपछि उनको यात्रा अगाडी बढन सहज हुनेछ ।यो प्रतियोतिगामा ५७ देशका विवाहित सुन्दरीले भाग लिएका छन् ।
सम्बन्धित खवर
-
धन्यवाद दिवस अमेरिकामा ...
-
अमेरिकामा राष्ट्रपति, ...