अमेरिका-आयोबामा शानदार जीत हासिल गरेपछि अन्तत रिपब्लिकन पार्टिको तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने दौडमा ट्रम्प अगाडी लम्केका छन् ।
आयोवाको प्राइमेरी निर्वाचनमा पुर्व राष्ट्रपति ट्रम्पले शानदार जीत निकालेका हुन ।
आयोवा पहिलो राज्य बनेको छ जहा रिपब्लिकन पार्र्टीका सदस्यले राष्ट्रतिको प्रत्याशी चुन्नका लागी प्राइमेरी मतदान गरेका छन् । ७७ वर्षिय ट्रम्पले यो निर्वाचनमा ५१ प्रतिशत भोट हासल गरेका छन् । यो संभावना संगै आगामी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेन बीच निर्वाचनमा प्रतिस्पर्धा हुन सक्ने पक्कापक्की जस्तै भइसकेको छ ।
आयोवाको निर्वाचनमा ट्रम्पको जीत सगै फलोरिडाको गर्भनर रान २१ प्रतिशत मत सहित दोस्रो र निक्की हेली १९ प्रतिशत मत सहित तेस्रो स्थानमा छिन् । रामास्वामीले भने जम्म ७ प्रतिशत मत ल्याई अन्तिम स्थानमा रहन पुगे ।
ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचनमा कुल डेलिगेटस २ हजार ४ सय २९ मा १ हजार २ सय १५ डेलिटेसको समर्थन जुटाउनु पर्छ ।
ट्रम्पले जीत हासिल गरेपछि आयोवाका बासिन्दालाई धन्यवाद दिएका छन् । अव अर्को प्राइमेरी निर्वाचन २३ जेनवरी मा न्यु हेमसायरमा हुदैछ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...