भारतिय मुलका विवेक रामास्वामी राष्ट्रपतिय दैाडबाट पछि हटे

अमेरिका-भारतीय मुलका अमेरिकी टेक उद्यमी विवेक रामास्वामी अन्तत अमेरिकी राष्ट्रपति पदको दौडबाट पछि हटेका छन् ।
आयोवाको प्राइमेरी निर्वाचनमा अन्तिम चारमा परेपछि उनले राष्ट्रपति दौडबाट पछि हटने निर्णय गरेका छन् र डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने बताएका छन् ।
आयोवाको प्राइमेरी निर्वाचनमा डोनाल्ड ट्रम्पलले जीत हासिल गरेपछि उनी पछि हटेका हुन ।
रामास्वामीले भने हाललाई म राष्ट्रपति दौडको अभियानलाई रोक्न गइरहेको छु । मैले डोनाल्ड ट्रम्पलाई फोन गरेर जीतको बधाई समेत दिएका छन् र उनलाई पुरापुर समर्थन गर्ने बताएका छन् ।
आयोवमा अति खराब नतिजा उनको पक्षमा आएपछि रामा स्वामीको राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्ने दौडबाट पछि हटने फैसला आएको हो ।
ट्रम्पको समर्थन गदै आएका रामास्वामीलाई ट्रम्पले एक फ्रड र ठग भएको सज्ञा समेत दिएका थिए ।
विवेक रामास्वामी पछिल्लो समय अमेरिकी राष्ट्रपतिय निर्वाचनको दौडमा निकै चर्चामा रहेका थिए । अमेरिकाको रिपब्लिकन पार्टिको डिबेटहरुमा निकै चर्चामा आएका थिए ।