अमेरिका-अलास्काको नेशनल पार्क देखि अन्य जलस्रोतका पानीको रंग पहेलो सुन्तला रंगको हुन पुगको छ ।
पानीको रंग यसरी बदलिएर पहेलो भएपछि वैज्ञानिकहरु समेत चकीत हुन पुगेका छन् ।
यसरी अचानक अलास्काको नेशनल पार्कको नदी, नहर तथा अरु जलस्रोतको पानीको रंग किन पहेलो भयो त ? अलास्काको कोबुक भ्याली नेशनल पार्कको पानीको पहलो भएको रंग नदीको तस्विर साइन्टफिक अमेरिकन जर्नलका लागी वाइल्डलाइफ फोटोग्राफर टेलर रोडस ले आफनो क्यामेरामा कैद गरेका हुन । अलास्काको यो नेशनल पार्कको नजिकको गाउ ९५ किमी टाढा छ ।
किन यसरी पानीले रंग बललियो भन्ने बारेमा अलास्का विश्वविद्यालयका वैज्ञानिक जुटेका छन् । यस्तो रंग बललिनुको पछाडी भयानक प्रदुषण रहेको वैज्ञानिकले बताएका छन् ।
पानीको परीक्षण गर्दा यहा अक्सिनज लेबल पनि अति न्युन पाइएको छ । यहा कुनै सामान्य नदीको पानीको तुलनामा सय गुना बढी एसिडिक भएको छ । यो पानी अब पिउन लायक हुने आधार बचेको छैन । यस अघि यो नदीको पानी निकै सफा हुदै आएको थियो
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...