अमेरिका-अमेरिकामा आफनै जहाज मर्मत केन्द्र संचालन गदै आएका नेपाली पाइलट प्रशिक्षक अनिष प्रधानको जहाज चोरी भएको छ ।
उनले उक्त सानो जहाज सबै मर्मत गरेर नेपाल लैजानका लागी भण्डारण समेत गरिसकेका थिए । त्यही चोरेर लगिएको जहाज केही दिनपछि जलेको अवस्थामा भेटिएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको टोरेन्समा आफनै जहाज रहेका अनिषको यसै साता चोरी भएको जहाजको सिसिटिभी फुटेस समेत सार्वजनिक भएको छ
१६ वर्षको उमेरमै अमेरिका आएर संघर्ष गरेर पाइलट भइ जहाज मर्मत केन्द्र खोलेका अनिषका सात वटा साना जहाज रहेका छन् । अहिले चोरी भएको जहाज नेपाल पठाएर आफु आउदो मार्च महिनामा नेपाल गएर पाइलट र जहाज मर्मत तालिम दिने योजना बनाएका थिए । तर उनको योजनामा चोरहरुले आगो लगाइदिएका छन् ।
यो जहाज नेपाल लानका लागी तयारी अवस्थामा रहेको बेला चोरी भएको हो ।
यसरी चोरेर लगिएको जहाज केही दिनपछि लगबिचको औधिक क्षेत्रमा जलेको अवस्थामा उनले भेटेका छन् । उनले आफनो भाइको वेयरहाउसमा ट्रेलर सहित जहाज राखेका थिए । त्यहीबाट जहाज टे्रलर सहित उठाएर लगिएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।
झन्डै १२ अघि क्यालिफोर्नियामा आफनै जहाज निर्माण गर्ने कम्पनी खोलेर उनले जहाज मर्मत देखि पाइलट तालिम सयौ अमेरिकीलाई दिदै आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...