Prince William times केा रिपेार्ट अनुसार
प्रहरीले डीएनए विश्लेषणले पावर सो (आरी) मा भेटिएको रगत ममता काफ्ले भट्टको भएको पुष्टि गरेकेा छ । मनासस पार्ककी ममता काफ्ले भट्टको हत्या भएको र उनलाई घरमै टुक्रा-टुक्रा पारिएको प्रहरीले बताएका छन्।

प्रिन्स विलियम काउन्टीको ग्राण्ड जुरीले डिसेम्बर २ मा ममता काफ्ले भट्टको हत्या र शवलाई क्षति पुर्‍याएको आरोपमा उनका श्रीमान् नरेश भट्ट (३७) लाई अभियोग लगाएको छ। २८ वर्षीया ममता जुलाईदेखि हराइरहेकी थिइन्।

प्रहरीले भनेका छन् कि उनीहरूले हत्या हतियार पहिचान गरेका छैनन्। तर, नरेश भट्टले ममता काफ्ले भट्टलाई हत्या गरेर शवलाई टुक्रा-टुक्रा बनाएर फालेको हुनसक्ने विश्वास गरिएको छ।

नरेश भट्टलाई अगस्ट २२ मा शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो र त्यतिबेला देखि उनी प्रिन्स विलियम एडल्ट डिटेन्सन सेन्टरमा धरौटी बिना थुनामा छन्।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले नरेश भट्टविरुद्ध प्रथम श्रेणी हत्या र शवलाई क्षति पुर्‍याएको अभियोग लगाउन ग्राण्ड जुरीको निर्णयमा घरमा भेटिएको रगत प्रमाणको डीएनए परीक्षण मुख्य कारण भएको बताएका छन्। तर, परीक्षण गरिएको वस्तुको विस्तृत विवरण दिइएको छैन।

भर्जिनिया विभागको फोरेन्सिक साइन्स उत्तरी प्रयोगशालाले तयार पारेको प्रतिवेदनले मेकानिकल आरी, जसलाई ड्राईवाल, काठ, प्लास्टिक र धातु काट्न प्रयोग गरिन्छ, त्यसमाथि भेटिएको रगत ममता काफ्ले भट्टको कपालको ब्रसबाट बनेको डीएनए प्रोफाइलसँग मेल खाने जनाएको छ।

कमनवेल्थ एटर्नी एमी एशवर्थ र नरेश भट्टका वकिल सार्वजनिक डिफेन्डर शालेव बेन-अभ्राहमले कुनै टिप्पणी गरेका छैनन्।

ममता काफ्ले भट्ट पेशाले नर्स थिइन् र उनी एक वर्षीया छोरीकी आमा थिइन्। उनी २०२१ मा नेपालबाट अमेरिका आएकी थिइन्। उनी अन्तिमपटक जुलाई २७ मा UVA प्रिन्स विलियम हेल्थ सेन्टरमा कामबाट बाहिरिँदै देखिएकी थिइन्।

नरेश भट्टको जूरी ट्रायल सेप्टेम्बर ८ मा सुरु हुनेछ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected