गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यतिबेला अमेरिका भ्रमणमा छन् । अमेरिकामा रहेका गुरुङले नेपालमा अमेरिकी लगानी भित्राउने विषयमा छलफल गरिहेका छन् ।
मुख्यमन्त्री गुरुङले अमेरिकाको वासिङटन राज्यका गर्भरन जे इन्सुलीसंग नेपालमा आर्थिक लगानी गरी फाइदा लिन भेटका क्रममा आग्रह गरे ।
उनले नेपालमा जलविधुत उर्जा, पर्यटन , जडीबुटी, कृषि तथा पुर्वाधार निर्माणमा संभावना बोकेको त्यसमा लगानी गर्न अमेरिकी लगानी कर्तालाई अनुरोध गरेका छन् ।


मुख्यमन्त्री गुरुङसंगको भेटमा वासिङटन राज्यका गर्भनर इन्सुलीले आफु नेपाल भ्रमण इच्छुक रहेको बर्ताए । उनले यस अघि अमेरिकाका विभिन्न कार्यक्रमहरुमा नेपालको विविद्य संभावनाको बारेमा आवाज उठाउदै आएको मुख्यमन्त्री गुरुङसंगको भेटमा बताए ।
र्कार्यक्रममा वासिङटन राज्यका लागी एशिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले सन् २०२० भित्रमा अमेरिका र नेपाल बीच सन् २०२० सम्म संयुक्त व्यापार संरचना निर्माण गर्ने काम युद्धस्तरमा अगाडी बढेको बताए ।
उनले अमेरिकाको डिसी र नेपालको व्यापार बिस्तारको धेरै संभावना रहेको जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected