टेक्सस– श्रीकृष्ण हिन्दु समाज टेक्ससको १६ औ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ
अधिवेशनले आगामी तीन वर्षका लागी दिपक ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित तथा राजु हुमागाईको नेतृत्वमा बोर्ड अफ ट्रस्टी सर्वसम्मत रुपमा गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उषा हुमागाई, र मनोज अधिकारी, सचिवमा लालप्रसाद दंगाल,कोषाध्यक्षमा प्रधुम्न सापकोटा,सहसचिवमा सुबास दंगाल, र सह कोषाध्यक्षमा विशाल क्षेत्री चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा नवराज ढकाल, कन्हैया तिमिल्सिना,, स्नेह आचार्य,रुपेश खतिवडा,डा सुनिन खनाल, असिम तिमिल्सना, चयन भए
राजु हुमागाई अध्यक्ष रहेको बोर्ड अफ ट्रस्टीमा उपाध्यक्ष सुजन खतिवडा , सचिव रोजी पाण्डे र कोषाध्यक्ष गोकुल हुमागाई चयन भए
अधिवेशन समाजका अध्यक्ष नुरनाथ सुवेदीको अध्यक्षता तथा मन्दिरका महन्त श्री सन्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सहसचिव सुबास दंगालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुजन खतिवडाले अािर्थक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected