टेक्सस-फ्रिस्को, टेक्सासमा बहुप्रतिक्षित ‘हिमालयन स्पाइस’ रेस्टुरेन्टको भव्य उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहलाई विशेष बनाउन अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त BBC मास्टरशेफ प्रोफेशनल फाइनलिस्ट सन्तोष शाह स्वयम् उपस्थित भए। शाहले आफैंले रिबन काटेर रेस्टुरेन्टलाई आधिकारिक रूपमा सञ्चालनमा ल्याए।

यस विशेष अवसरमा शाहले आफ्नो अद्वितीय कुकिङ शैली र अनुभवलाई प्रयोग गर्दै Grand Opening Menu प्रस्तुत गरेका थिए, जसमा १० देखि १७ कोर्ससम्मका परिकारहरू समावेश थिए। यस मेन्युमा हिमालयन स्वाद, नेपाली मौलिकपन र आधुनिक पाककलाको अद्वितीय संयोजन प्रस्तुत गरिएको थियो। सहभागी अतिथिहरूले शाहद्वारा तयार गरिएको प्रत्येक परिकारलाई विशेष र अविस्मरणीय अनुभवको रूपमा लिएका थिए।

कार्यक्रममा समुदायको उल्लेख्य उपस्थिति थियो। उद्घाटन समारोहलाई थप आकर्षक बनाउन सजीव संगीत, उत्सवमय वातावरण र अतिथिप्रति आत्मीय स्वागतको व्यवस्था गरिएको थियो। सहभागीहरूले नयाँ रेस्टुरेन्टप्रति आफ्नो उत्साह व्यक्त गर्दै यसलाई डल्लास–फोर्ट वर्थ क्षेत्रमा नेपाली स्वाद र हिमालयन आतिथ्यताको नयाँ केन्द्रका रूपमा व्याख्या गरेका थिए।

विशेष जानकारी:

सन्तोष शाहद्वारा तयार गरिएको यो Grand Opening Menu शनिबार र आइतबार (आज र भोलि) मात्र उपलब्ध हुने र साँझ ठीक ६:३० बजे कार्यक्रम सुरु हुने बताइएको छ। उद्घाटनका दिनमा सिटहरू सीमित भएकाले अग्रिम आरक्षण गर्न आग्रह गरिएको छ।

‘हिमालयन स्पाइस’ रेस्टुरेन्ट अब दैनिक रूपमा सञ्चालनमा आएको छ। 13225 Dallas Parkway, Suite 200, Frisco, TX मा अवस्थित यस रेस्टुरेन्टले हिमालयन स्वादका प्रामाणिक परिकारहरूलाई उच्च स्तरको सेवा र वातावरणका साथ प्रस्तुत गर्ने जनाएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected