अमेरिका–मेक्सिको अन्तर्राष्ट्रिय सीमामा पर्खाल विस्तार र मजबुत पार्ने काम तीव्र गतिमा भइरहेको छ। ट्रम्प प्रशासनले राष्ट्रपति बाइडेनले रद्द गरेका ठेक्काका कारण अधूरा रहेका सीमापर्खालका खाली स्थानहरू बन्द गर्दैछ।

संघीय सरकारले २०२१ मा खर्च नभएको ३०९,४६३,००० अमेरिकी डलर प्रयोग गर्दै एरिजोनाको सान्ता क्रूज काउन्टीमा करिब २७ माइल नयाँ पर्खाल निर्माण गर्दैछ, जुन यूएस बर्डर पेट्रोलको टक्सन सेक्टर अन्तर्गत पर्दछ। त्यस्तै, टेक्सासको रियो ग्रान्डे भ्याली सेक्टरमा १७ माइल नयाँ पर्खाल निर्माण गर्न वातावरणीय कानुनमा छुट दिइएको छ।

सीमापर्खाल प्रणालीका पहिल्यै चिनिएका खाली स्थानहरू पनि बन्द गरिँदैछन्। क्यालिफोर्नियाको सान डिएगोस्थित ‘स्मगलर्स गल्च’ (Smugglers Gulch) नामक ३५० फिट खुला भाग हालै बन्द गरिएको छ। यस क्षेत्रमा गस्ती सडक निर्माण गरेर सीमा सुरक्षाकर्मीलाई निगरानीलाई अझ प्रभावकारी बनाउन मद्दत गरिएको छ।

अधिकारिहरूका अनुसार यी कदमहरूले अवैध पार गर्ने घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected