अमेरिका-युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेस (USCIS) ले पारिवारिक आधारमा दर्ता गरिने आप्रवासी भिसा निवेदन (family-based immigrant visa petitions) को मूल्याङ्कन गर्ने तरिका सम्बन्धी नयाँ नीतिगत निर्देशन जारी गरेको छ। यस कदमलाई अधिकारीहरूले आप्रवासन प्रणालीप्रति विश्वास बढाउने तथा गलत वा जालसाजीपूर्ण निवेदन रोक्ने प्रयासका रूपमा वर्णन गरेका छन्।
नयाँ नियम अनुसार, निवेदनकर्ताले पेश गर्ने प्रमाणपत्र वा कागजातमा स्पष्टता नभएको वा विरोधाभास देखिएको खण्डमा USCIS अधिकारीहरूले अझ कडाइका साथ छानबिन गर्नेछन्। सम्बन्धको वैधता पुष्टि गर्न आवश्यक कागजातका प्रकारलाई स्पष्ट पारिएको छ र गलत विवाह (sham marriages) वा नक्कली पारिवारिक सम्बन्ध देखाउने प्रवृत्तिलाई नजिकबाट निगरानी गर्ने भनिएको छ।
USCIS का अधिकारीहरूका अनुसार, यी परिवर्तनहरूले आप्रवासन प्रक्रियामा जनविश्वास कायम गर्नेछन् र केवल वास्तविक निवेदनहरू मात्र स्वीकृत हुनेछन्। उनीहरूले भनेका छन् कि जालसाजीपूर्ण निवेदनहरूले प्रक्रिया ढिलो गराउँछ र वास्तविक आवेदकहरूलाई अन्याय हुन्छ।
नयाँ निर्देशन तत्क्षण प्रभावकारी हुनेछ र नयाँ दर्ता भएका तथा हाल विचाराधीन सबै पारिवारिक आधारका भिसा निवेदनहरूमा लागू हुनेछ। आप्रवासन वकिलहरूले आवेदकहरूलाई आफ्नो पारिवारिक सम्बन्ध प्रमाणित गर्ने सबुतहरू राम्ररी र निरन्तर रूपमा प्रस्तुत गर्न सुझाव दिएका छन्, जसले ढिलाइ वा अस्वीकृति हुनबाट बचाउन सहयोग गर्नेछ।
सम्बन्धित खवर
-
ड्यालस (टेक्सस) — नेपाली ...
-
शिव शर्मा टेक्सस-अमेरिकाकेा ...