अमेरिकामा भिसाको अवधि सकिएपछि पनि बसिरहेका विदेशी नागरिकहरू अब विमानस्थलमै पक्राउ पर्ने जोखिम बढेको छ। नयाँ रिपोर्टहरूका अनुसार अमेरिकी Transportation Security Administration (TSA) र Immigration and Customs Enforcement (ICE) बीचको सहकार्यलाई थप प्रभावकारी बनाइएपछि यस्तो अभियान तीव्र भएको हो।
फोर्ब्सले प्रकाशित गरेको रिपोर्टअनुसार, TSA ले यात्रुहरूको यात्रा सम्बन्धी उपलब्ध जानकारी कानुनी व्यवस्थाअनुसार ICE सँग साझेदारी गर्न सक्ने भएकाले भिसा अवधि सकिएका व्यक्तिहरूलाई विमानस्थलमै पहिचान गरेर नियन्त्रणमा लिन सजिलो भएको बताइएको छ।
यस घटनाक्रमले यात्रुहरूको व्यक्तिगत विवरण कसरी सुरक्षित राखिन्छ, सरकारी निकायहरूले कुन हदसम्म डेटा आदान–प्रदान गर्छन्, र त्यसले गोपनीयतामा कस्तो असर पार्न सक्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ।
विशेषज्ञहरूका अनुसार यो अभियान मुख्यतः भिसा अवधि सकिएर अमेरिकामा बसिरहेका (Visa Overstay) विदेशी नागरिकहरूलाई लक्षित गरिएको हो। अमेरिकी नागरिक वा वैध ग्रिन कार्डधारीलाई लक्षित गरिएको भन्ने प्रमाण हालसम्म सार्वजनिक भएको छैन। यद्यपि, आप्रवासन सम्बन्धी कुनै मुद्दा वा प्रक्रिया चलिरहेका गैर-अमेरिकी नागरिकहरूलाई हवाई यात्रा गर्नुअघि आफ्नो कानुनी अवस्थाबारे स्पष्ट हुन सुझाव दिइएको छ।
अमेरिकामा आप्रवासन नियमहरू थप कडाइका साथ लागू भइरहेका बेला विमानस्थलहरूमा हुने निगरानी र डेटा साझेदारीको यो विषयले आगामी दिनमा अझ ठूलो बहस निम्त्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित खवर
-
ड्यालस, टेक्सस — प्रवासमा ...
-
अमेरिकामा बसोबास गर्दै साहित्य, ...




















