टेक्ससको फ्रिस्कोमा साता अघि दुर्घटनामा ज्यान गुमाएका नेपाली रवि श्रेष्ठ भएको प्रहरीले सार्वजनिक गरेको छ ।
ऋघिल्लो साताको शुक्रबार कार दुर्घटनामा ज्यान गुमाएका उनको बल्ल नाम सार्वजनिक भएको हो ।
फ्रिस्को प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठलाई अस्पताल पु¥याए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । कार दुर्घटना के कारणले भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ झण्डै एक दशक अघि अध्ययनका लागी अमेरिका आएका थिए । उनी अध्ययन सकेर आइटी सम्बन्धी जागीर गदै आएका थिए ।
उनको आफन्त अमेरिकामा कोही नभएकाले घटना भएको साता दिनसम्म पनि प्रहरीले नाम सार्वजनिक गरेको थिएन । उनको काजक्रियाका लागी नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले नेपालबाट परिवारलाई झिकाउन पहल गरिरहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















