ट्रम्प प्रशासनअन्तर्गत लागू गरिएको नयाँ नियमले USCIS ले आवेदन स्वीकार गरेर Receipt Notice जारी गरिसकेपछि पनि फारममा हस्ताक्षर अमान्य, गलत वा आवश्यक हस्ताक्षर नभएको पाइएमा आवेदन Reject वा Deny गर्न सक्ने अधिकार दिएको छ। यो नियम July 10, 2026 देखि लागू भएको हो र त्यसपछि पेश गरिएका immigration benefit applications मा लागू हुन्छ। 

यसको अर्थ, Green Card लगायतका आवेदन सुरुमा स्वीकार भएको मात्र आधारमा आवेदन सुरक्षित भएको मान्न सकिँदैन। USCIS अधिकारीले केसको समीक्षा गर्ने क्रममा पछि हस्ताक्षरसम्बन्धी समस्या भेटेमा आवेदन अस्वीकार गर्न सक्छन्। 

⚠️ अझ महत्वपूर्ण कुरा

यदि USCIS ले invalid signature का कारण आवेदन deny गर्‍यो भने, आवेदन शुल्कसमेत फिर्ता नहुन सक्छ। नियमले USCIS लाई यस्तो अवस्थामा filing fee राख्न सक्ने अधिकार दिएको छ। 

USCIS ले सुरुमा नै missing वा स्पष्ट रूपमा गलत signature देखेमा भने सामान्य प्रक्रियाअनुसार application reject गरेर शुल्क फिर्ता गर्न सक्छ। तर पछि adjudication का क्रममा समस्या पत्ता लागेमा deny गर्ने विकल्प पनि छ। 

त्यसैले अहिले I-485, I-130 वा अन्य USCIS फारम बुझाउनेहरूले signature कहाँ, कसरी र कसको हुनुपर्ने हो भन्ने कुरा विशेष सावधानीपूर्वक जाँच गर्नुपर्ने भएको छ। 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected