ICE ले पारिवारिक सम्बन्ध पुष्टि गर्न $१०.१ मिलियनको र्यापिड DNA परीक्षण कार्यक्रम विस्तार गर्दै
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) ले आप्रवासन enforcement अभियानका क्रममा व्यक्तिले दाबी गरेको पारिवारिक सम्बन्ध वास्तविक हो कि होइन भनेर छिटो पुष्टि गर्न प्रयोग हुने र्यापिड DNA परीक्षण कार्यक्रम विस्तार गर्न $१०.१ मिलियनको ठेक्का दिएको छ। संघीय खर्चसम्बन्धी अभिलेख उद्धृत गर्दै Newsweek ले जनाएअनुसार, भर्जिनियास्थित SNA International LLC लाई दिइएको एक वर्षे ठेक्का अगस्ट ९, २०२७ सम्म लागू हुनेछ। ठेक्काअन्तर्गत ICE को Enforcement and Removal Operations (ERO) का फिल्ड कार्यालयलाई र्यापिड DNA परीक्षण, उपकरण तथा प्राविधिक सेवा उपलब्ध गराइनेछ। विशेषगरी अभिभावक–सन्तानलगायत दाबी गरिएका जैविक पारिवारिक सम्बन्ध पुष्टि गर्न यस्तो प्रविधि प्रयोग गरिने बताइएको छ। यो कार्यक्रम आप्रवासी हिरासतमा रहेका व्यक्तिहरूको DNA संकलन गरी FBI को CODIS प्रणालीमा राख्ने छुट्टै DNA कार्यक्रमभन्दा अलग रहेको छ। यसअघि २०२५ मा SNA International ले यही उद्देश्यका लागि $६.२४ मिलियनको ठेक्का पाएको थियो। नयाँ सम्झौतासँगै २०२५ देखि र्यापिड DNA कार्यक्रमअन्तर्गत कम्पनीप्रति संघीय सरकारको कुल ठेक्का दायित्व $१६ मिलियनभन्दा बढी पुगेको छ। २०२५ को ठेक्कालाई प्रतिस्पर्धी कम्पनी Bode Technology ले चुनौती दिए पनि Government Accountability Office (GAO) ले ICE को निर्णयलाई उचित ठहर गर्दै उजुरी अस्वीकार गरेको थियो। SNA International ले विशिष्ट सरकारी अपरेसनबारे टिप्पणी नगर्ने जनाएको छ।
सम्बन्धित खवर
-
टेक्सस, अमेरिका, १३ भदौ ...
-
ट्रम्प प्रशासनअन्तर्गत लागू ...



















