अमेरिकामा घर किन्नका लागि लिइने मोर्गेज ऋणको ब्याजदर एक वर्षभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ।
फ्रेडी म्याकका अनुसार यस साता ३० वर्षे फिक्स्ड मोर्गेजको औसत ब्याजदर ६.७१% पुगेको छ। अघिल्लो साता यो ६.६६% थियो। यो जुलाई ३१, २०२५ पछि सबैभन्दा उच्च दर हो। गत वर्ष यही समयमा औसत दर ६.५०% थियो।
त्यस्तै, १५ वर्षे फिक्स्ड मोर्गेजको दर पनि ५.९८% बाट बढेर ६.०४% पुगेको छ।
अर्थशास्त्रीहरूका अनुसार मध्यपूर्वमा बढेको तनाव र तेलको मूल्य वृद्धिले मुद्रास्फीतिको चिन्ता बढाएपछि मोर्गेज दरमा समेत दबाब परेको हो।
मोर्गेज दर प्रत्यक्ष रूपमा फेडरल रिजर्भको ब्याजदरमा निर्भर हुँदैन। तर यो सामान्यतया १० वर्षे अमेरिकी ट्रेजरीको प्रतिफल (Treasury yield) सँगै चल्ने गर्छ। बिहीबार १० वर्षे ट्रेजरीको प्रतिफल करिब ४.७४% आसपास थियो।
Realtor.com की वरिष्ठ अर्थशास्त्री जियायी सुका अनुसार मध्यपूर्वको द्वन्द्वले तेलको मूल्य बढाउँदा मुद्रास्फीति बढ्ने चिन्ता थपिएको छ। त्यसले बन्डको प्रतिफल र मोर्गेज ब्याजदर दुवै माथि धकेलेको हो।
यद्यपि, बढ्दो ब्याजदरका बाबजुद घर खरिदकर्ताको माग तुलनात्मक रूपमा स्थिर रहेको फ्रेडी म्याकका प्रमुख अर्थशास्त्री साम खाटरले बताएका छन्।
सम्बन्धित खवर
-
न्यूयोर्क । प्रधानमन्त्री ...
-
अमेरिका । नेपाली हास्य कलाकार ...




















