तिब्बतका धार्मिक गुरु दलाल लामाको उत्तराधिकारीको मुद्धाको विषयमा अमेरिका र चीन बीच टकराव उत्पन्न भएको छ ।
यो टकराव संगै दुई देशको सम्बन्धमा समेत तिक्तता उत्पन्न भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो केही दिन यता दलाई लामाको उत्तराधिकारीको विषयमा दुई देशबाट फरक फरक धारणहरु सार्वजनिक भएको छ । अमेरिकाले लामाको उत्तराधिकारीका लागी चुनाव युएन सहित सबै अन्तराष्ट्रियहरुको बिचार विमर्श पछि नै हुने बताएको छ । अमेरिकाले पछिल्लो समय दलाई लामाको उत्तराधिकारीको प्रकृया हेर्नका लागी इच्छुक छ ।
यता चीनले भने अमेरिकाले धार्मिक स्वतन्त्रताका नाममा चीनको आन्तिरिक मामलामा हस्तक्षेप गरिरहेको छ ।
चीनले तिब्बत आफनो एउटा प्रान्त भएकाले दलाई लामाको उत्तराधिकारीको चुनाव गर्ने अधिकार आफु संग रहेको बताएको छ ।
अमेरिकी राजदुत सैम ब्राउनबैकले भने दलाई लामाको उत्तराधिकारीको चुनावका लागी संयुक्त राष्ट्र संघले यसमा कदम चाल्नुपर्छ । उनले युरोपेली देश पनि यसका लागी अगाडी आउनु पर्ने बताए ।
यसैबीच अमेरिकी राजदुत सैम ब्राउनबैकले धर्मशाला पुगेर दलाई लामासंग भेटवार्ता गरेका छन् । उनले दलाई लामाको उत्तराधिकारीको अधिकार तिब्बती समुदायमा रहेको बताएका छन् । ८४ वर्षीय दलाई लामाको उत्तराधिकारी को र कसरी चुन्ने विषयमा पछिल्लो समय बहस बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected