नेपाली समाज टेक्ससको साधारणसभामा जबरजस्ती विधान परिवर्तन

शिव शर्मा/टेक्सस
नेपाली समाज टेक्ससको शुक्रबार भएको साधारण सभामा अल्पमत सदस्यले जबरजस्ती विधान परिवर्तन गरेका छन् ।
कार्यसमितिकै बहुमत संख्या उपस्थिति विना नै जबरजस्ती विधान लादिएको हो । नेपाली समाज टेक्ससमा झण्डै १७ सय सदस्य संख्या रहेकोमा साधारणसभामा २०–२५ जना मात्रै सहभागि थिए । वर्तमान कार्यसमितिमा १३ जना सदस्य रहेकोमा साधारणसभामा ४ जना मात्रै उपस्थिति थिए । साधारणसभामा उपस्थिति कार्यसमितिका अध्यक्ष सुमन थापा सहित महासचिव भक्त भण्डारी, कोषाध्यक्ष अमित शर्मा र सदस्य प्रयास बास्तोला सहभागि थिए ।
अध्यक्ष सुमन थापाले नया विधानमा असहमति जनाउदै हस्ताक्षर नगरी बहिष्कार गदै साधारणसभाबाट निस्केका थिए । महासचिव भण्डारी सहित तीन जनाले कार्यसमितिका पुर्व योजना विना जानकारी नदिइ विद्यान पारित गरेको नेपाली समाज टेक्ससका सचिव डा परशुराम दाहालले बताए । उनी स्वंय समेत साधारण सभा उपस्थित थिएनन ।
विद्यान परिवर्तनका लागी पहिला कार्यसमितिकै सदस्यले पास गराउनु पर्ने प्रावधान छ । त्यसपछि मात्रै साधारणसभाको ५१ प्रतिशतले पारित गर्नु पर्ने एनएस्टीको प्रावधान छ । एनएस्टीको विद्यानको २८ धाराको एबीसि अनुसार विद्यान पारित गर्नु पर्नेमा ठिक त्यसको विपरीत परिवर्तन भएको असन्तुष्ट सदस्यहरुले बताएका छन् ।
नया विद्यानले अध्यक्ष लगायत कार्यमितिमा उठने उम्मेदवारको शुल्क चर्को रुपमा वृद्धि गरेको छ । जस अनुसार अध्यक्षको १ हजारबाट बढाएर ५ हजार पु¥याएको छ । कार्यसमतिका सदस्यको एक सय बाट ५ सय पुयाएको छ । त्यस्तै उपाध्यक्ष सचिव कोषाध्यक्ष लगायतको बढाएर ३ हजार बनाएको छ ।
यसरी चर्को शुल्क बृद्धि गराएर नेपाली समाजलाई एनआरएनए जस्तै पैसावालहरुको सस्था बनाएर अन्य साधारणलाई नेतृत्व तहमा पुग्नबाट वञ्चित गरिएको सदस्यहरुको आरोप छ ।
साधारण सदस्यको दुई तिहाई बहुमतले मात्र विद्यान परिवर्तन गर्नुपर्ने हुन्छ । १७ सय सदस्य रहेको नेपाली समाज टेक्ससमा साधारणसभामा २५ जना मात्रै सहभागि थिए । सहभागि मध्ये पनि अध्यक्षको असहमति विना कार्यसमितिका महासचिव सहित तीन जनाले जबरजस्ती नया विद्यान पारित गरेको आरोप छ ।
पहिलो साधारणसभामा ५१ प्रतिशत सदस्य सख्या पुगेन भने दस दिन भित्रमा अर्को साधारणसभा बोलाउनु पर्ने हुन्छ । तर शुक्रबारको साधारणसभामा सदस्य संख्या नपुगेपनि मन परी ढंगले विधान पारित गराइएको सचिव डा परशुराम दाहाले बताए । यसरी पारित गरिएको विधानलाई आन्तिरिक सदस्यले प्रमाणित गनुृपर्ने हुन्छ दाहाले भने–‘तर हाम्राे कार्यसमितिले यो विधानलाई कुनै पनि हालतमा प्रमाणित गर्ने पक्षमा छैनन ।
यस बारेमा बुझन खोज्दा अध्यक्ष सुमन थाप संग फोन सम्पर्क गर्न खोज्दा फोन उठेन र महासचिव भक्त भण्डारी संग पनि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।