ब्यालेन्स ग्रुपको सहकार्यमा नेपालकै इतिहासमा पहिलो पटक ‘गोर्खाली पार्कर’ दिनेश सुनार तथा मनोज पन्थीले विश्व चर्चित टेलिभिजन शेा अमेरिकाज गट ट्यालेन्टमा     अडिसनको पहिलो राउण्डमा आफ्नो प्रस्तुति देखाएका छन । अघिल्लो राउण्डका लागि चयन हुने भन्ने नतिजाको लागि भने एक महिना भित्र अर्को प्रस्तुति हुनेछ ।

समग्रमा अडिसनको पहिलो राउण्डको प्रस्तुति राम्रो भएको मनाेज पन्थीले जानकारी दिए ।

प्राय गित संगीत, नृत्य, जादु आदि प्रस्तुति धेरै हुने भएकाले पार्कर केही पृथक देखिएको थियो तथा उपस्थित सहभागी, आयोजक तथा निर्णायकहरुको ध्यानाकर्षणमा समेत परेको थियो । आफ्नो प्रस्तुतिका कारण ‘गोर्खाली पार्कर’ दिनेश सुनार तथा मनोज पन्थीले आयोजक तथा निर्णायकहरु द्वारा प्रसंसा साथै सकारात्मक प्रतिक्रिया समेत पाएका थिए । गिनिज वल्र्डरेकर्डकाे निर्यायक माण्डल अनुपस्थित भएको कारण दिनेशले चौथो विश्व कीर्तिमान राख्न पुनः अर्को कार्यक्रममा भाग लीनु पर्ने जानकारी  आयाेजकले दिएका छन् ।

नेपाली पोसाकमा सजिएका  गाेर्खाली पार्कर गाेइंग गाेल्बलकाे 

को समग्र टोलि  अमेरिकाज गट ट्यालेन्टमा को परिसरमा चर्चाको बिषय बन्न पुगेको थियो ।

कार्यक्रममा उपस्थित हनु हुने हरूमा नानी बाबू बुढाथोकी, अनु बुढाथोकी, सुबास पन्थी, प्रतिक कर्ण, परशुराम पन्थी, प्रज्ञा पन्थी, नेहा पन्थी थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected