कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले आज सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को किल्ला लामाचौर तथा बाटुलेचौरमा चुनावी घरदैलो गरिरहेकी छन् । कास्की २ को उपचुनावमा होमिएकी उनले आज नेकपाको आधार क्षेत्र मानिने पोखरा १६ लामाचौर र बाटुलेचौरमा घरदैलो गरिरहेकी हुन् । भोट माग्न घरदैलोमा पुगेकी उनलाई स्थानियले फुल, माला र अवीर लगाएर भव्य स्वागत गरे । विद्या आउने भनेपछि केहिले घरको मूल द्वारमा घडासमेत राखेर स्वागत गरेका थिए ।

लामाचौर, बाटुलेचौरबासीले विद्यालाई चिन्ता नलिन आग्रह गर्दै जिताउने बाचा गरेका छन् । हरेक संकटमा हामीले नेकपालाई जिताएर पठाएका छौं,‘स्थानियले भने,‘अहिले त झन् महिला उम्मेद्वार पाएका छौं, कुनैपनि हालतमा जिताउँछौं ।’ उनीहरुले रवीन्द्रले छाडेर गएपनि हातमा हात र काँधमा काँध मिलाएर साथ दिने प्रतिबद्धता पनि ब्यक्त गरे । रवीन्द्रजीले छाड्दैमा तपाईं एक्लो हुनुहुन्न,‘उनीहरुले भने,‘तपाईंको पछाडि हामी छौं, सारा जनता छन् ।’ स्थानियले महिला उम्मेद्वारलाई असभ्य र अराजक ढंगले गालीगलौजमा उत्रिएको भन्दै कांग्रेसलाई चुनावमा हराएर पाठ पढाउने चेतावनी दिए । कांग्रेससँग विकासको खाका, भिजन र मिसन नै नभएकाले विद्यालाई जिताएर विकास र समृद्धीको रथ अघि बढाउने स्थानियले बताए । कम्युनिष्टको गढ हो यो,‘एक स्थानियले भने,‘यसलाई भत्कन दिदैनौं, बरु पहिलेको भन्दा मतसंख्या बढाएरै छाड्छौं ।’

तल्लो द्वीपबाट शुरु भएको नेकपा उम्मेद्वार विद्याको घरदैलो सुन्दरफिडहुँदै लामाचौर बाटुलेचौर पुरै घुम्ने बताइएको छ । घरदैलोका क्रममा विद्याले आफू जितेपछि पनि जनताको घरदैलोमा निरन्तर आउने र जनताको जनजिविकाको सवालदेखि स्थानिय स्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् । उनले बाटुलेचौरको गन्धर्व बस्तीमा निर्माण भएको कल्चर हेरिटेजको संरक्षणसहित त्यसको सम्बद्र्धन र प्रवद्र्धनका लागि भूमिका खेल्ने बचन दिइन् ।

यसैबीच, नेकपाले आज बाटुलेचौरमा चुनावी सभा आयोजना गर्दै । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता पुगेर भाषण गरेको बाटुलेचौर मैदानमा आज नेकपाले काउन्टर चुनावी सभा गर्न लागेको हो । देउवाले अराजनीतिक भाषण गरेकाले त्यसको काउन्टर स्वरुप चुनावी सभा गर्न लागेको नेकपा श्रोतले जनाएको छ । चुनावी सभालाई नेकपाका स्थायी समिति सदस्य देव गुरुङसहित नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापालगायतले सम्बोधन गर्ने जनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected