कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले महानगरको गाउँ भनेर चिनिने मौजामा घरदैलो शुरु गरेकी छन् । पोखरा महानगरपालिका भित्र रहेरपनि गाउँको रुपमा रहेको पोखरा–२० मौजामा विद्याले घरदैलो गरिरहेकी हुन् । घरदैलोका क्रममा सर्वसाधारणको कुरा सुन्दै उनले मौजालाई महानगरमा हुने सबै सेवा, सुविधा पु¥याउने प्रतिबद्धता जाहेर गरेकी छन् । विद्याले मौजामा ¥यालेचौर–भलाम–मौजा आँटीघरसम्मको सडक सम्पन्न गर्नेदेखि लिएर शुद्ध खानेपानी, प्रत्येक घरमा बिजुली वत्ती पु¥याउने बाचा गरेकी छन् ।

विद्याले मौजालाई पर्यटकीय केन्द्र बनाउने रवीन्द्रको सपना भएकाले त्यसलाई पूरा गर्ने संकल्प गरेको बताइन् । साथै उनले मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानियलाई आत्मनिर्भर बनाउनका लागि आफूले पहलकदमी लिने बताइन् । उनले आफ्नो संकल्प पोखराको विकास एकमात्र अर्जुन दृष्टि भएको बताइन् । त्यसका लागि भिजन र मिसनसहित काम गर्ने उनले दृढता व्यक्त गरिन् ।

नेकपाले आज पोखरा २१ मा चुनावी सभा आयोजना गर्दैछ । पोखरा २१ कृष्ती नाच्नेचौरको दिउली पिपलमा पूर्वाह्न ११ बजे चुनावी सभा आयोजना हुने कास्की २ चुनाव प्रचारप्रसार समितिका सहसंयोजक झपट रानाभाटले जानकारी दिए । उनका अनुसार चुनावी सभालाई नेकपा गण्डकी प्रदेशका सहईञ्चार्ज खगराज अधिकारी, नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा लगायतले सम्बोधन गर्नेछन् । चुनावी सभाबाट पोखरा–३३ का वडाध्यक्षको गाडीमाथि भएको आगजनीको भत्र्सनासहित आगामी दिनमा त्यस्तो नगर्न चेतावनीसमेत दिन लागिएको सहसंयोजक रानाभाटले बताए ।

यसैबीच, नेकपाले भोलि बुधबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ । नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीको पक्षमा माहोल सिर्जना गर्न नेकपाले भोलि १५ हजार जनता उतारेर शक्ति प्रदर्शन गर्न लागेको हो । नेकपा कास्की २ निर्वाचन परिचालन कमिटीको आयोजनामा हुने बृहद चुनावी सभालाई नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने चुनाव प्रचारप्रसार समितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected