नेपाली परम्परातग पहिरन । नेपाली संस्कृति झल्ने विभिन्न झाकी सहितको ¥यालीले न्युयोर्कमा नेपाली झल्कायो ।
विदेशीहरुले समेत नेपाली पहिचान बोकको झाकी नियालेर हेरे । नेपाली झण्डा फरफर्राउदा नेपालीहरु पनि रमाए ।
यो थियो अमेरिकाको न्युयोर्कमा सम्पन्न हामी नेपाली ग्लोबलको प्रथम सम्मेलनको क्रममा प्रस्तुत भएको नेपाली पहिचान दिलाउने पदयात्रा । धेरै भन्दा धेरै नेपालीहरु यसमा सहभागी भए ।
विश्वभर रहेका नेपालीहरुलाई संगठती गर्ने र नेपालको सामाजिक क्षेत्रमा सहयोग पुराउने उद्देश्य सहित स्थापित संस्थाको सम्मेलन दुई दिन सम्म चलेको थियो । अमेरिकाको कुईम्न्स लाइब्रेरीमा औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलमा विश्वभर छरिएर रहेको नेपाली प्रतिनिधीहरुको उत्साहजनक सहभागिता रहेको आयोजक सस्थाका अध्यक्ष अमृत लामाले जानकारी दिए ।
कार्यक्रमलाई सम्पन्न गर्न नवराज केसीको संयोजकत्वमा ६४ सदस्यीय आयोजक समिति समेत गठन भएको थियो ।
सम्मेलनका अवसरमा नेपाली पहिचान झल्कने विभिन्न जातजातीका झाकी, संस्कृतिका साथै नाचगान समेत देखाएर सबै विदेशीहरुलाई मन्त्रमुग्ध पारियो ।
संसारका नेपालीलाई एउटै सुत्रमा बा“ध्न स्थापित यो संस्था ससारका ४३ भन्दा बढी देशमा सक्रिय रहेको छ । सस्थाको केन्द्रिय कार्यालय न्युयोर्कमा रहेको छ । यो राजनिति, धर्म, जातजाती नभई विशुद्ध स्वतन्त्र संगठन भएको संस्थाले दाबी गरेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...