अमेरिकाको शिकागो स्थित इलिनियस विश्वविद्यालयमा अध्ययनरत १९ वर्षीया रुथ जर्जको हत्या गरिएको हो ।
हत्याको अभियोगमा अश्वेत २६ वर्षीय युवक डोनाल्ड थर्मनलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तले अपराध स्वीकार गरेको छ ।
विश्वविद्यालयको पार्किङ स्थलबाट घर कार भित्र उनको शब बरामद गरिएको थियो । हत्याका अभियुक्त २०१६ सालमा लुटपाटको अभियोगमा ६ वर्ष जेल सजाय काटेर भर्खर निस्केका थिए । घटनास्थलबाट प्रहरीले मृतकको फोन फेला पारेको थियो ।
छात्राकी दिदी नाता पर्ने सुनैना डेबोराले फेसबुकमा लेखिकी छिन्– ‘प्यारी रुथ बेबी तिमी हामीलाई सधै याद आइरहनेछौ । हामीले विश्वास गर्न सकेका छैनौ, तिमी हामीबीच छैनौ , तिमी हाम्रो धेरै प्यारी बहिनी र छोरी थियौ , भगवानले तिम्रो आत्म शान्ति गरुन ।
विश्वविद्यालयमा कुलपति माइकल एमीरिडिसले घटनाले हामी सबैलाई स्तब्ध बनाको बताएका छन् । मृतक छात्रा विश्वविद्यालयकी मेडिकल छात्रा थिइन । भारतको हैदरावाद निवासी मृतक छात्राको घटनाले भारतीय समुदायलाई स्तब्ध बनाएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...