अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ब्लुमबर्ग आप्रवासीको पक्षमा

अमेरिकाको राष्ट्रपति दौडमा देखिएका उम्मेदवार माइकल ब्लुमबर्गले अमेरिकामा धेरै भन्दा धेरै आप्रवासीहरुको आवश्यकता रहेको बताएका छन् ।
चुनाव प्रचारका क्रममा न्युयोर्कमा उनले आप्रवासीको पक्षमा यस्तो धारणा राखेका हुन । राष्ट्रप्रति डोनाल्ड ट्रम्पको आप्रवासी प्रतिको प्रतिबन्धित नितिको ठिक विपरीत उनी देखिएका छन् । उनले अमेरिकालाई धेरै भन्दा धेरै आप्रवासी खाचौ रहेको औल्याएका छन् ।
उनले फिनिक्सको एउटा मेक्सिकन रेष्टुरेन्टमा विदेशी संचारमाध्यम संग बोल्दै अमेरिकाको आवश्यकता अनुसार भिन्न–भिन्न जागीरका लागी आप्रवासीको खाचो रहेको बताए । उनले आप्रवासीबाट हाम्रो संस्कृति बृहत हुनुका साथै यहा“को धर्म र अर्को देशको धर्मले सम्बन्ध व्यापक हुनुका साथै यसले अमेरिकाको अर्थतन्त्रमा सुधार आउने उनले दाबी गरे ।
राष्ट्रपति ट्रम्प संग निशाना साध्दै उनले सिमामा गरिएको कडाईको समेत विरोध गरे । सिमामा लगाइएको बन्देजले धेरैको परिवार बिछोडिएको बताउदै उनले बच्चा बच्चीलाई आफनो बाबुआमाबाट टाढा गराउनु ज्यादै लज्जाको विषय भएको उनले जनाए ।
न्युयोर्कको पुर्व मेयर समेत रहेका ब्लुमबर्गले अमेरिकामा बहुसांस्कृतिक समाज निर्माण गर्नुपर्ने धारणा राखेका छन् । म
विश्वकै १४ औ धनीको सुचीमा रहेका ब्लुमबर्गको ५८ अर्ब डलरको सम्पत्ति रहेको बताईन्छ । उनले राष्ट्रपति चुनावको अभियानका लागी १० करोड डलर विज्ञापनका लागी खर्च गर्ने योजना बनाएका छन् । ७७ वर्षीय ब्लुमबर्गले राष्ट्रपति ट्रम्पलाई अमेरिकालाई खतम पार्न लागेको आरोप लगाउदै आएका छन् । उनले ट्रम्पलाई हराउन र अमेरिकाको पुर्ननिर्माणका लागी राष्ट्रपति पदका लागी उम्मेदवार बनेर मैदानमा अडा भएको आफनो बेभ पेजमा बताएका छन् ।