टेक्ससको पोर्ट निचेस को टिपिसि गु्रपको रासायनिक प्लान्टमा भएको ठुलाे बिस्फोट हुदा दुई सहर खाली गर्न निर्देशन दिइएको छ ।

बिस्फोटन पछि आसपासका दुई सहरका झण्डै ६० हजार बासिन्दालाई अन्यत्र सर्न निर्देशन दिइएको हो । बिस्फोट यति ठुलो थियो की जसको महसुस ३० माइल दुरी सम्म महसुस गरिएको थियो । बिस्फोटमा काम गर्ने मजदुर र अन्य केही व्यक्तिलाई चोटपटक लागेको छ । बिस्फोट पछिको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।


टिपिसी ग्रुपको उक्त पेट्रोकेमिकल प्लान्टमा भएको बिस्फोटबाट चार माइल दुरी आसपासका बासिन्दाहरुलाई सहर सुरक्षाका लागी सहर छाडन निर्देशन गरेपछि स्थिति तनावपुर्ण भएको छ ।यस आसपासमा रहेका दुई सहर प्रभावित भएका छन् । आसपासका धेरै घरहरु अहिले खाली भइसकेका छन् । बुधबार दिउसो एक बजे पहिलो बिस्फोट र एक बजेपछि अर्को दोस्रो बिस्फोट भएको थियो । बिस्फोट पछि उठेको कालो धुवाले वातावरण अस्तव्यस्त भएको छ ।
बिस्फोटको आवाजले आसपासका घरहरुको ढोका र घरमा लागेको सिसा समेत फुटेको थियो । जेफरसन काउन्टी कार्यालयका अनुसार घटनामा चार जना घाइते भएका छन् । दक्षिण पुर्वी टेक्ससको हाउवे ७३ को उत्तर तर्फका सबैलाई सहर छाडेर सुरक्षीत स्थानमा जान भनिएको छ । अधिकाशले शहर छाडेर अन्यत्र गइसकेका छन् । सुरक्षा अधिकारीले विस्फोट पछि सबै घर खाली गराएका छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected