अमेरिकाको पश्चिम क्षेत्रको क्लोराडाको राजधानी डेनभरको आसपासको क्षेत्रमा भारी हिमपात र आधीले जनजीवन अस्तव्यस्त बनेको छ ।
हिमपात र हुरीसंगै स्थलमार्ग तथा हवाईमार्गबाट उडान भर्ने योजना बनाएका झण्डै ५० लाख मानिस प्रभावित भएको समाचार एजेन्सीले जनाएको छ । थैक्सगिविङमा विभिन्न कार्यक्रम गर्न उनिहरुले यात्रा मार्फत योजना बनाएका थिए ।
हिमपात सहितको आ“धीले क्लोराडाको विभिन्न क्षेत्रमा यातायात अवरुद्ध हुनुका साथै सर्वसाधारणलाई आवतजावतमा कठिनाई भएको छ । धेरै हाइवेहरुमा हिउ जमेको छ । पश्चिम तथा मध्यपश्चिम क्षेत्रका हिउका कारण हाइबे बन्द भएका छन् । डेनभरमा ५ सय उडान रद्ध हुनुका साथै सर्वसाधारणलाई एक ठाउ“बाट अर्को ठाउ“मा जान समस्या भएको छ ।
अहिले सम्म भने कुनै धनजनको क्षति नपुगेको मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय मौसम विभागले यहा“को मौसमलाई मध्यनजर राखेर हाइ अर्र्लट जारी गरेको छ । धेरैलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । आधी मध्य अमेरिका तथा ग्र्ट लेक तर्फ बढ्दै गएको छ ।
तस्विर एजेन्सी
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...