अमेरिकामा नक्कली विश्वविद्यालयमा अध्ययनरत २सय ५० बिधार्थी पक्राउ

अमेरिकाको एक नक्कली विश्वविद्यालयमा अध्ययनरत २ सय ५० जना अाप्रवासी विधार्थी पक्राउ गरिएको छ ।
मिचिगन विश्वविद्यालयको स्थापित उक्त नक्कली विश्वविद्यालयमा अध्ययन गर्ने भनिएका विद्यार्थी पक्राउ परेका हुन । पक्राउ पर्नेमा अधिकांश भारतीय छन् ।
अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स एन्फोर्समेन्टले गत मार्च महिना देखि यता यतिका सख्यामा विद्यार्थी पक्राउ गरेको हो । नक्कली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अर्को फार्मिगटन विश्वविद्यालयमा प्रवेशको आश्वासन समेत बाढिएको थियो । जहा“ ६ सय विद्यार्थी भर्ना गरिएको थियो ।
डेट्रायट मेट्रोपोलिटन क्षेत्रमा रहेको उक्ब्त विद्यालय अहिले बन्द गरिएको छ । यसरी गिरफतार गरिएकामा अधिकांश भारतीय विद्यार्थी रहेका छन् । यो महिना मात्रै ९० जनालाई पक्राउ गरिएको छ । यो नक्कली विद्यालयमा कुनै कक्षा संचालन हुदैनथ्यो । यसमा गैरकानुनी रुपमा भारतीय विद्यार्थी झिकाएर स्थायी बसोबासका लागी यस्तो प्रयास गरिएको बुझिएको छ । यो नक्कली विश्वविद्यालयमा प्रत्येक तीन महिनाको २५ सय अमेरिकी शुल्क लिने गरिएको थियो ।
यसरी पक्राउ परेका अवैधानिक ८० प्रतिशत छात्राले अमेरिका छाडीसकेको बुझिएको छ । यसमा सलग्न ८ जना दलालाई पनि पक्राउ गरिएको छ । यो केवल अवैधानिक रुपमा अमेरिका आएकाहरुलाई जागीर र स्थायी बसोबासको नाममा खोलिएको नक्कली विद्यालय भएको बताईन्छ । अमेरिकी दुताबासबाट वैध भिसा जारी गरेर अधिकांश विद्यार्थी भारतबाट यहा“ ल्याइएको थियो । डेमोक्रेट पार्टिकी सिनेटर एलिजाबेथ बारेनले यो कार्यलाई क्रुरताको सज्ञा दिएकी छिन् । उनले विद्यार्थीलाई जालसाझी गरेर फसाइएकोमा घोर भत्र्सना पनि गरेकी छिन् ।