अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थैंक्सगिविङ विदा अफगानिस्थानमा त्यहाँ तैनाथ अमेरिकी सैनिकहरु संग मनाएका छन् ।
राष्ट्रपति ट्रम्प विना योजना थैक्सगिविङ विदा मनाउन बिहीबार अचानक  त्यता पुगेका हुन । उनी काबुल भन्दा बाहिर बाग्राम एयरबेसमा तैनाथ सैनिकहरुलाई भेट । अमेरिकी सैनिकहरु संग कुराकानी गरे र उनिहरु संगै खाना पनि खाए ।
राष्ट्रपति ट्रम्पले अफगानिस्तान यात्रा कुनै खास नभएर केवल विदा मनाउनका लागी यता आएको बताएका थिए ।
अचानक अफगानिस्तान पुगेका ट्रम्पले त्यहा“ तीन घन्टा भन्दा समय सैनिकहरु संग व्यतित गरेका थिए ।
तर ट्रम्पको अफगानिस्तान भ्रमणलाई २०२० को राष्ट्रपति चुनावको रणनितिका लागी त्यहा“ पुगेको पनि समाचार स्रोतहरुले बताएका छन् ।

तुर्की र अफगानिस्तान अमेरिकी राष्ट्रपति ट्रम्पका लागी चुनौती बनेर खडा भएको छ । यसका लागी उनी चुनाव भन्दा अगाडी अफगानिस्तानमा शान्ति प्रकृया सम्पन्न गर्ने र आफना सैनिक फर्काउन चाहन्छन् । तालिवान संग शान्ति वार्ता संभव होस भन्ने उनी चाहन्छन्
यस पटकको यो चुनावमा उनी यो प्रमाणित गर्न चाहन्छन् की आफुले सबै अमेरिकी समस्याको समाधान निकालेको हो । विदेशी नितिलाई सफल सावित गदै उनी चुनावी ढाल तयार पार्न कसरत गरिहेका छन् ।
लामो समय देखि अफगानिस्तानमा १८ हजार अमेरिकी सैनिक तैनाथ रहदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected