क्यालिफोर्नियामा एक भारतीय विद्यार्थीको गोली हानी हत्या गरिएको छ ।
क्यालिफोर्नियाकाे सेन बर्नाडिनाेमा रहेकाे स्टेट युनिभर्सिटीमा अध्ययनरत २५ वर्षिय अभिषेक सुदेश भट्टको अज्ञात बन्दुकधारीले गोली हालेर हत्या गरेका हुन । उनि उक्त विश्वविद्यालयमा कम्पयुटर साइन्समा माष्टर्स डिग्री गरिरहेका थिए । मृतक क्यालिफोर्नियाको एक मोटेलमा पार्ट टाइमको रुपमा समेत काम गदै आएका थिए । उनको त्यही मोटलमा काम गर्ने क्रममा हत्या भएको बताइन्छ ।
घटना के कारणले भयो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । परिवारले क्यालिफोर्नियामा नै अन्तिम संस्कार गर्ने जनाएको छ ।
परिवारले हत्यारा पत्ता लगाउन र कानुनी कार्वाहीका लागी क्यालिफोर्नियाका सुरक्षा अधिकारी र भारतीय दुतावास संग सम्र्पक गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनका परिवार भारतमा रहेको बताईन्छ । उनी दुई वर्ष अघि मात्र कम्पयुटर साइन्सको माष्र्टस डिग्री गर्न अमेरिका आएक थिए । उनको डिग्री सकिन चार महिना बाकी थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...