ड्यालसको नेपाली मन्दिरमा शनिवार मधुमेह रोग सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
ड्यालस एभरेष्ट लायन्स क्लब तथा अर्भिङ एभरेष्ट सेन्टीनियल लायन्स क्लबको आयोजनामा भएको कार्यक्रममा डा विष्णुमाया उपाध्यायले मधुमेह रोग लाग्ने कारण र निदानको बारेमा जानकारी गराएकी थिइन ।
त्यस्नै कार्यक्रममा कार्यक्रमका प्रमुख लायत ग्लोरिया माथुरले पनि मधुमेहको असर र यो रोगपछि खान हुने र नहुने खाद्यपदार्थको बारेमा जानकारी गराएका थिए ।
। एभरेष्ट लायन्स क्लबका अध्यक्ष सुरेश बस्यालको अध्यक्षतमा भएको कार्यक्रममा भेषराज शिवाकोटी लगायतले पनि मधुमेह रोगको बारेमा बोलेका थिए । कार्यक्रममा सहभागी मध्ये केहीलाई निशुल्क ग्लुकोमिटर पनि विवरण गरिएको थियो ।
कार्यक्रममा ड्यालस तथा फोटवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । अन्तराष्ट्रिय लायन्स क्लबको विभिन्न कार्यक्रम मध्ये यो मधुमेह सातौ औ स्थानमा पर्छ । पछिल्लो समयमा मधुमेहका कारण अन्धोपन, मृगौला खराबी हुने हर्ट एट्याक जस्ता रोगहरु देखिने गरेको छ । यी यावत रोगहरुका लागी रोग लागीसकेका र लाग्न सक्ने संभावना भएका सबैका लागी सेमिनार उपलब्धी मुलक भएको आयोजकले जनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...