युएसनेपाल पाेस्ट
अमेरिकाको दक्षिण डकोटामा शनिवार भएको हवाईजहाज दुर्घटनामा ९ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सी एनएनआइले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार विमानमा सवार १२ मध्ये ९ जनाको ज्यान गएको हो । तीन जना गंभीर घाइते भएका छन् ।
हिउ आधीमा परेर विमान दुर्घटना भएको बताईन्छ । विमान उडनु अघि नै चेम्बरलेन र दक्षिण मध्य क्षेत्रको डकोटामा भारती हिमपातको चेतावनी दिइएको थियो । घटनामा मुत्यु हुनेमा दुई बालक रहेका छन् । मुत्यु हुनेमा विमानका पाइलट पनि रहेका छन् ।
पिलाटस पिसी–१२ नामको विमान इडाहो राज्यको इडाहो फल्स विमानस्थलबाट उडान भरेको थियो । उडेको केही समयमा नै विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलबाट टेक अफ गरेको झण्डै एक माइल दुरीको उडान पछि जहाज दुर्घटनामा परेको हो ।
अमेरिकाको नागरिक उडडन कार्यालयल विमान दुर्घटना के कति कारणले भएको हो त्यसको छानवीन गरिरहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...