युएसनेपाल पाेस्ट  संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीहरु राष्ट्रियताको सवालमा सधै अडिक रहेको बताएका छन् ।
प्रवासी नेपाली एकता समाज अमेरिकाको तेस्रो अधिवेशनको आईतबार बाल्टीमोरमा उद्घाटन गदै थापाले प्रवासी नेपालीले देश प्रति देखाउदै आएको माया र राष्ट्रियताको प्रशंसा गरे ।
उनले पछिल्लो क्रममा देशमा मौलाएको वेथितिलाई नियन्त्रण गर्न राष्ट्रबादी आन्दोलनको खाचो रहेको औल्याए ।
उनले राप्रपाले अवलम्बन गरेको बाटो सही भएको बताउदै यसलाई नेपाली जनताले पनि साथ दिदै आएको दाबी गरे ।

कार्यक्रममा प्रवासी नेपाली एकता समाजका प्रेम चौलागाई, दिपु भुषाल, लोकनाथ तिवारी, राजेन्द्र शेरचन, राधा शर्मा तथा मेरिल्णन्ड स्टेट हाउस अफ डेलिगेट ह्यारी भन्डारी, महावाणिज्यदुत प्रेमराजा महत लगायतले बोलेका थिए ।
अमेरिकाका विभिन्न कार्यक्रममा सरिक हुने क्रममा थापा आज एनआरएन टेक्सस च्याप्टरले गरेको अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुदैछन् ।
प्रवासी नेपाली एकता समाजमा शेरचन

यसैबीच प्रवासी नेपाली एकता समाज अमेरिकाको तेस्रो अधिवेशनले राजेन्द्र शेरचनको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टेक्ससका दिपु भुषाल, न्युयोर्कका नरेन्द्र शाह र मेरिल्यान्डकी राधा शर्मा रहेका छन् । त्यस्तै महासचिवमा न्युयोर्कका नवराज खड्का सचिवमा मेरिल्णन्डका नरेन्द्र रावल र कोषाध्यक्षमा न्यु हेम्सपायरका राम शरण श्रेष्ठ रहेका छन् ।
समितिका सदस्यहरुमा न्युयोर्कका रुद्र राउत, भर्जिनियाका नारायण थापा, मेरिल्यान्डका पारसमणि श्रेष्ठ, न्युयोर्कका बाचुन केसी, बोस्टनका साधुराम कुईकेल, ओहायोकी सुनिता लिङदेन, क्यालिफोर्नियाका अर्जुन विष्ट र मेरिल्यान्डका बामदेव अर्याल छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected