अमेरिकाको टेनेसी राज्यको दक्षिण भागमा सडक दुर्घटनामा दुई भारतीयय विद्यार्थीको ज्यान गएको छ ।
दुर्घटनामा २३ वर्षीय जुडी स्टेनली र २६ वर्षिय वैभव गोपीसेट्टी रहेका छन् । उनीहरु टेनेसी स्टेट युनिभर्सिटीमा खाद्य विज्ञान पढदै थिए । दुबै छात्रा हुन । उनिहरुले हाकेको २०१५ को सेन्ट्रो निशान कार दुर्घटनामा परेको हो ।
स्थानिय प्रहरीका अनुसार उनिहरुको कारलाई कसैलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।
सोमबार ठक्कर दिने ट्रकका चालक २६ वर्षीय डेबिट टोरेसले प्रहरी सामु आत्मसमर्पण गरेका छन् । ट्रक चालकले घटनाको बारेमा प्रहरी सामु केह िबताएको छैन । प्रहरीले डिएनए परिक्षण गरिरहेको छ । अनुसन्धान भइरहेको छ । तिब्र गतिमा रहेको ट्रक रातो बत्तिमा समेत कुदाएको जनाइन्छ । मृतक विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमले उनिहरुको दाहसंस्कारका लागी ४२ हजार डलर रकम संकलन गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected