युएसनेपाल पोष्ट संवाददाता
अरुबेला सितिमिति भेटघाट गर्न मुस्किल । सबै आ–आफनो काममा व्यस्त हुने गर्छन् । विदाको समय देखि नेपाली चाडपर्वहरुमा नेपालीहरु माझ भेटघाटसंगै मनोरञ्जनका लागी अमेरिकामा पिकनिक संस्कृति मौलाएको छ । जाडाको तुलनामा अहिलेको गर्मि मौसममा पार्क लगायत शितल ठाउँको खोजी गदै नेपालीहरु पिकनिकमा रमाउने क्रम बढेको हो । विशेषगरी नेपाली चाडपर्व, दशैतिहार नया वर्ष लगायत अन्य विदाको समयमा नेपालीहरु पिकनिक आयोजना गरेर रमाईलो गर्छन् । यसको व्यापकता संगै प्रवासी नेपालीहरु रमाउने क्रम बढीरहेको छ ।
एक आपसमा भेटघाट संगै साताभरीको कामको ह्याङ ओभरलाई पनि दुर भगाउने पिकनिक संस्कृतिमा रमाउनेहरुको धारणा छ । पछिल्लो क्रममा पार्टि कल्चर संगै पिकनिक पनि अमेरिकामा रहेका नेपालीहरुको मनोरञ्जन गर्ने माध्यम बनेको छ । खानेपिउने संगै नाचगान र नेपाली विभिन्न संस्कृति झल्कने पहिरन समेत लगाएर तन्नेरीहरु यस्ता कार्यक्रमहरुमा आफनो देश र संस्कृतिको पहिचान दिदै आएका छन् ।
‘पिकनिकमा खानेपिउने त एउटा बहाना मात्रै हो, नेपाली– नेपाली बीच भेटघाट रमाईलो र आफनो संस्कार र संस्कृतिलाई एक आपसमा आदानप्रदान गर्ने माध्यम पनि यो भएको छ’ इभेन्ट अर्गानाइजर रायन रेजले भने– ‘पिकनिक पनि यहाँ सांस्कृतिक र पार्टि कल्चरको रुपमा विकास हुदै गएको छ ।’


उनका अनुसार यस्ता कार्यक्रमहरुमा नेपाली परम्परागत बाजामा नाच्नेगाउने र नेपालीहरु जमघट भएर शुभकामना साटसाट गर्ने प्रचलनले व्यापकता पाउदै गएको छ । अमेरिकामा रहेका खुल्ला पार्क देखि तालहरुमा विकेन्डमा पिकनिमा रमाउने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ ।
पिकनिक रमाइलो छ छदैछ, साथीभाई गेटटुगेदर रसाथीभाईको सम्बन्धलाई पनि सुदृढ बनाउन महत्वपुर्ण भुमिका खेल्दै आएको पिकनिकको नाचगानमा रमाउदै गरेकाहरुको राय छ । नेपाली मौलिकता संगै नेपाली खानालाई पनि प्रर्वद्धन गदै आएका छन् । पिकनिकमा नेपाली गीत संगीतलाई प्रर्वद्धन गर्न नेपाली गीत नै बजाउने गरिएको छ । पछिल्लो पटक लोकप्रिय रहेको नेपाली लोकदोहोरी गीत सालको पात टपरी हुने गीतमा कम्मर भाच्दै नाच्दै गरेको अवस्थामा टेक्ससको युलेस स्थित बियर क्रिक पार्कमा भेटिए विशाल पौडेल ।
‘विभिन्न चाडपर्व देखि विशेष अवसमा यसरी नै नेपाली समुदायले आयोजना गरेको पिकनिकमा सहभागी भएर मनोरञ्जन लिदै आएको छु, नाच्दै असिनपसिन भएका उनले भने– ‘विदेशको व्यस्त जीवनशैलीबाट केही फ्रेस हुन पिकनिक कल्चरले हामीलाई मनोरञ्जन र नेपाली नेपालीबीच भेटघाट गर्ने माध्यम बनाइदिएको छ ।’
टेक्सस संगै नेपालीहरु अधिक बसोबास गर्ने अमेरिकाका विभिन्न राज्यहरुमा यसरी नै पिकनिक आयोजना गर्ने र रमाउने नेपालीहरुको संख्या बढ्दोछ । समुदाय र नेपालीसंग सम्बन्धीत संघसंस्थाहरुले पिक आयोजना गरेर सबैलाई एउटै थलोमा जमघट गराएर रमाउने वातावरण सृजना गरिहेका छन् । पिकनिकमा तन्नेरी देखि पाका र केटाकेटीहरु भेला भएर रमाउछन् । नेपाली नया वर्षमा यहाँका पिकनिक स्पटहरु नेपाली समुदायले भरिएका थिए । त्यस्तै विदाको दिन पनि प्राय पिकनिक कल्चर मौलाउदो छ । ‘पिकनिक नेपाली समुदायलाई रमाइलो संगै भेटघाट गर्ने एउटा माध्यम बनिरहेको छ’ नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने– ‘बाहैमास यहाँ पिकनिक रमझमा आयोजना गरेर मनोरञ्जन दिने क्रम नेपालीहरु माझ बढ्दो छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected