राप्रपा अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीहरुलाई पनि मताधिकार सहितको नागरिकताको व्यवस्था गर्नु पर्ने बताएका छन् ।
उनले विदेशमा रहेका आम नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गराउनु उचित नभएको बताए ।
गैरआवासिय नेपाली संघ (एनआरएनए ) टेक्सस च्याप्टरले सोमबार गरेको कार्यक्रममा थापाले संविधानमा नागरिकताको अधिकार जारी भएको चार वर्षको समय गुर्जिदा पनि कानुन कार्यान्वयन हुन नसकेकोमा वर्तमान सरकार प्रति आक्रोस व्यक्त गरे ।


उनले सिमा अतिक्रमणको विषयमा पनि सरकारले समयमा उचित कदम चाल्न नसकेको आरोप लगाए । आम नेपाली र प्रवासमा रहेका नेपालीहरुको दबाबका बाजजुत पनि सरकारले भारतसंग कुरा गर्न सकेको छैन’ उनले भने– सरकारको सुस्त चालले नेपालको सिमा अतिक्रमणको समस्या समाधानमा विलम्भ भइरहेको छ ।’
उनले विदेशमा रहेका नेपालीले नेपाली सिमा अतिक्रमणको विषयमा उठाउदै आएको आवाज र दबाबको प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष अर्जुन बञ्जाडे, एनआरएनए अमेरिकाज क्षेत्रका उपसंयोजक रामसि पोखरेल, एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल, सचिव सोफिन थापा लगायतले नेपालको सिमा अतिक्रमणको सवालमा प्रवासी नेपालीहरु एकजुट रहेकोमो जोड दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected